असारमा खराब कर्जा थप बढ्ने प्रक्षेपण: चैतको ३.२३% बाट अझ १% बढ़ने

अर्थ राजनीति  ~  राष्ट्र बैंकले सुविधाको नाममा दिएको पुनर्तालिकीकरण र पुनर्संरचना व्यवहारिक नहुँदा चौथो त्रैमास (असार मसान्त) मा खराब कर्जा थप वृद्धि हुने देखिएको छ। अप्ठेरोमा परेकाहरुलाई उपयोगी नहुने, चैतसम्म ब्याज भुक्तानी गरिसकेकाले मात्र यो सुविधा पाउने हुँदा प्रभावकारी नदेखिएको हो। चैतसम्म नियमित कर्जा हुनेहरुले सुविधा लिन चाहेमा १० प्रतिशत भुक्तानी गर्नु पर्ने, बैंकले पनि […]

बैंक तथा वित्तिय संस्थाहरुले गरे सरकारसँग सुरक्षाको प्रत्याभूतिको माग

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संघ संस्था सम्वद्ध चार वटा संगठनले सुरक्षाको प्रत्याभूति माग सरकारसँग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शाखा संचालन तथा कर्मचारी र ग्राहकको सुरक्षाको माग गरेका हुन् । पूर्वी नेपालका इटहरी, सुनसरी झापालगायतका […]

शिव शिखर सहकारीबाट १४ अर्ब ठगीका नाइके मुम्बईमा समातिए

अर्थ राजनीति  ~  सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका छन् । त्यहाँ एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार पक्राउ गरेर नेपाल ल्याएको हो । शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको […]

सेयर बजारमा उत्साह, ६ महिनायताकै उच्च कारोबार

अर्थ राजनीति  ~  सेयर बजारमा ६ महिनायताकै उच्च कारोबार भएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त हुँदै जाँदा सेयर बजारमा उत्साह थपिएको हो, जसका कारण बजारमा ६ महिनायताकै उच्च कारोबार भएको हो ।विगतमा निकै गिरावट आएको सेयर बजार पछिल्ला केही समयदेखि पुनः वृद्धिको दिशामा अगाडि बढिरहेको छ । गत साता केही सुस्त देखिएको […]

वैशाखसम्म बैंकको नाफा ५७ अर्ब, महिनामै साढे ८ अर्ब बढ्यो,

अर्थ राजनीति ~  वैशाखसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुले कमाएको नाफा हो। पछिल्लो एक महिनाको अन्तरालमा नाफा ८ अर्ब ४५ करोड रुपैयाँ बढेको हो। राष्ट्र बैंकका अनुसार, चैतसम्म यस्तो नाफा ४८ अर्ब ७० करोड थियो। पोहोर वैशाखभन्दा यसपाली कम नाफा कमाएका हुन्। […]

काठमाडौंका हलहरूले रोके हिन्दी फिल्मको प्रदर्शन

अर्थ राजनीति  ~  काठमाडौं महानगरभित्रका हलहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोकेका हुन्। महानगरको आदेशलाई मान्दै आफूहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेको बिगमुभिजका सञ्चालक दीपेश शर्माले बताए। ‘आजदेखि […]

ब्याजमा सहजीकरण गरे अवस्था सुधारिने

अर्थ राजनीति  ~   बैंक तथा वित्तीय संस्थादेखि सहकारीसम्मको ऋण अहिले उठ्न सकेको छैन। ऋण नउठेपछि उनीहरु धितोमा राखेको सम्पत्ति लिलामी प्रक्रियामा जान्छन्।लिलाम गर्नुअघि सार्वजनिक सूचना जारी गरेर ऋणीलाई सूचित गरिन्छ भने धितो सम्पत्ति खरिदका लागि पनि इच्छुकलाई आह्‍वान गरिन्छ। यसरी खराब ऋण बढेको छ कि त्यसलाई व्यवस्थापन गर्न बैंकहरुले संघर्ष गरिरहेका छन्। अहिले २१ वटै […]

प्रतिनिधिसभा बैठक : आज उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

अर्थ राजनीति  ~  प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवनमा बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ । बैठक ११ बजेका बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्टाइएको बजेटमा […]

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन

अर्थ राजनीति  ~  राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले संघीय संसदमा पेस भएको नेपाल सरकारको आगामी आर्थिक वर्षको राजश्व व्ययको वार्षिक अनुमानित बजेटमा उठाइएको जिल्ला निर्वाचन कार्यालयहरु खारेजीको निर्णय पूनरावलोकन गर्न निर्देशन दिएको हो। समितिको बैठकपछि समिति सभापति दिलकुमारी रावल थापा […]

नेवानिले सुरु गर्‍यो क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान

अर्थ राजनीति  ~  नेपाल वायुसेवा निगमले भैरहवा–क्वालालम्पुर उडान सुरु गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मलेसियाको क्वालालम्पुरबाट आएको निगमको न्यारोबडी विमान अवतरण भएको हो ।सातामा एक दिन (मंगलबार) निगमको विमानले क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान भर्ने गौतमबुद्ध विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले जानकारी दिए । उनले भने, “भैरहवाबाट तत्काललाई निगमले हप्ताको एक उडान सुरु गरेको छ । […]