एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७.१३ प्रतिशत व्याजदर

Artharajniti  ~  एनएमबि बैंकले नाडा अटो शो मा सहभागिता जनाउँदै र आउने चाँडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले केवल ७.१३ प्रतिशतको आकर्षक व्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सिमित अवधिका लागि मात्रै ल्याएको जनाएको छ । जसका […]

उपसभामुख रानालाई हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर !

Artharajniti  ~   सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् । कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । यो बैठकपछि सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरु आउन थालेका छन् […]

गौर हत्याकाण्ड : उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश

Artharajniti  ~  सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि १९ वर्ष पुरानो  रौतहटको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले  बताए ।१९ वर्षअघि भएको गौर हत्याकाण्डको […]

भदौका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरे

Artharajniti   ~  भदौ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरेका छन्। बैंकहरूले जारी गरेको  विवरणहरूअनुसार साउनको तुलनामा भदौमा औषत ब्याजदर घटेको छ। साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औषत ५.६० प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरूले भदौमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिने भएका छन्। यसैगरी साउन महिनामा संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत […]

राप्रपा सचेतक शाहीले मागे परराष्ट्रमन्त्री राणाको राजीनामा

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन्। इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै शाहीले परराष्ट्रमन्त्री आरजु राणाको देउवाको राजीनामा माग गरेका हुन्। ​शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत […]

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

Artharajniti   ~  ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ। सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो। ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा […]

काण्डैकाण्डमा मुछिएका उर्जामन्त्रीद्वारा अख्तियारलाई धम्की

Artharajniti  ~  काण्डैकाण्डमा मुछिएका उर्जामन्त्री दीपक खड्काले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत धम्की दिएका छन्। उनका अनेक भ्रष्टाचार प्रकरणमा आयोगले छानविन थालेपछि आयोगलाई नै धम्की दिएका हुन् । नेपाल बिद्युत् प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो असभ्य शैली देखाएका हुन्।  पछिल्लो समय डेडिकेटेड लाइनको बक्यौता असुलीको विषयमा अख्तियाले फाइल मगाएपछि खड्काले आयोगलाई नै यसरी धम्काएका हुन्। […]

” गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैन ” : प्रधानमन्त्री ओली

Atharajniti  ~प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गरेका छन्। मुलुकी संहिता दिवस, २०८२ का अवसरमा  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। ओलीले भने- ‘हामीले कार्यान्वयन र […]

नेपाल बैंकको नाफा १३२ गुणा बढ्यो

Artharajniti   ~  नेपाल बैंकको नाफा एक वर्षको अन्तरालमा १३२ गुणा बढेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सार्वजनिक अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष सोही अवधिमा यस्तो नाफा २८ करोड ४२ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी बढ्नु र नोक्सानी व्यवस्थापन रकम […]

प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै

Artharajniti ~  प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान हुनेछ । गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको […]