मोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

अर्थ राजनीति ~  समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो । मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिनुभयो […]

देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

अर्थ राजनीति ~ नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । काठमाडौँको मूलपानीस्थित क्रिकेट रङ्गशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा खेलकुद मन्त्रालयले […]

कुमारी बैंक र महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

अर्थ राजनीति ~ कुमारी बैंक लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर बिक्रीमा ल्याएका छन् । महली लघुवित्तको १४ हजार कित्ता र कुमारी बैंकको ३ हजार ६७० कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो । यी दुबै कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा आएको हो । इच्छुक […]

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

अर्थ राजनीति ~  ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने […]

ग्लोबल आइएमई बैंकको क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन

अर्थ राजनीति ~  ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ ।  बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो […]

कागबेनीका बाढीपीडितलाई राहत वितरण

अर्थ राजनीति ~ मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ । अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा गत साउन २८ गते कालीगण्डकीमा अप्रत्याशित आएको बाढीका पीडित परिवारलाई आइतबार कागबेनीमा राहत वितरण गरिएको हो । बाढीबाट […]

गोसाइँकुण्डमा रु तीनलाख भेटी सङ्कलन

अर्थ राजनीति ~ पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । उहाँले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताउनुभयो । […]

दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै

अर्थ राजनीति ~ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ । जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज १७ देखि २१ गतेसम्म पाँचदिने कला प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको […]

लाखेनाच संरक्षण गर्न प्रतियोगिता

अर्थ राजनीति ~ नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा लाखेनाच संरक्षणका लागि जिल्लामा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ । कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४ त्रिभुवनटार दोस्रो र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भएका थिए । खुला लाखेनाच प्रतियोगिता आयोजना गरेर […]

कोदोबालीमा खुम्रे कीराको समस्या

अर्थ राजनीति ~ बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् । बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र सिमलगायत क्षेत्रमा लगाइएको कोदोमा खुम्रे कीराको समस्या देखिएको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ । कोदोको जरामा खुम्रे कीरा […]