११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

Artharajniti   ~  सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघिको सत्ता समीकरणअनुसार राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई नयाँ समीकरण अनुसार सरकार गठन […]

तरलता बढेको बढ्यै ,फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

Artharajniti ~  नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो। तरलता व्यवस्थापनका लागि नै राष्ट्र बैंकले गत शुक्रबार बजारबाट १२ अर्ब १५ रुपैयाँ तानेको थियो। अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि बजारबाट फेरि पैसा झिक्न लागेको राष्ट्र बैंकले […]

सजिलो पे पेमेन्ट र पेवेल नेपाल राष्ट्र बैंकको छानबिनमा

Artharajniti  ~   हुण्डीलगायत गैरकानुनी भुक्तानी कारोबारको शंकामा अनुसन्धानको घेरामा परेका दुई भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक खाता रोक्का भएको छ। पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.का बैंक खाता नेपाल राष्ट्र बैंकले रोक्का गरेको हो। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै नियामकीय अनुपालना सम्बन्धी छानबिनका लागि दुवै भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक तथा […]

दुई दिनमा ७५ अर्ब तरलता तान्दै केन्द्रीय बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले शुक्रबार पनि २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार बैंकिङ्ग प्रणालीबाट ५० तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले दोस्रो दिन पुनः २५ अर्ब तान्ने भएको हो । निक्षेप सङ्कलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा बढ्दो […]

” प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ ” : मेयर शाह

Artharajniti ~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको आरोप लगाएका छन् । आज  सामाजिक सञ्जालमार्फत उनले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन सुझाव पनि दिएका छन् । उनले भनेका छन्–’न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन […]

कान्तिपुर र पशुपति सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ

Artharajniti  ~  प्रहरीले कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष  चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको हो। सहकारीको अर्बौं बचत अपचलन गरेको आरोपमा लामालाई भारतीय सीमा क्षेत्रबाट शुक्रबार […]

” ६ % को आर्थिक वृद्धिका लागि कम्तीमा ११ % ले कर्जा विस्तार हुनुपर्छ ” : अध्यक्ष केसी

Artharajniti  ~  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिका लागि कम्तीमा ११ प्रतिशतले कर्जा लगानी वृद्धि हुनुपर्ने बताएका छन् । चालू आर्थिक वर्षको ९ महिनाको स्थितिमा निजी क्षेत्रको कर्जा प्रवाह ४.३ प्रतिशत मात्र रहेकोमा यसलाई थप विस्तार गर्ने नीति चाहिने उनले बताए । आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटको […]

कैलाश सिरोहियालाई छोड्यो हाजिर जमानीमा

Artharajniti   ~  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा छुटेका छन्। उनलाई अब अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भन्दै प्रहरीले हाजिर जमानीमा छोडेको सिरोहियाका वकिल रमण कर्णले  बताए। ‘सरकारी वकिल कार्यालय धनुषाको अनुमति लिएर धनुषा प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको हो,’ कर्णले भने। उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको […]

मंगलबार दिउँसो १ बजे बजेट भाषण

Artharajniti  ~  सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् । बजेट भाषणपछि दिउँसो ४ बजे […]

कैलाश सिरोहियालाई बयान गराइँदै, आज दोस्रोपटक म्याद लिइने

Artharajniti  ~  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराइँदै छ । बयान पुरा भएपछि उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी रञ्जन अवाले  बताए । यसअघि अदालतले दिएको ३ दिनको म्याद सकिएको छ । शुक्रवार दोस्रोपटक म्याद लिइने डीएसपी अवाले जानकारी दिए । […]