बैंकले साधारण मुद्दतीमै १२.१३ प्रतिशत ब्याज दिने
अर्थ राजनीति ~ ब्याजदर बढेलगत्तै सेयर बेच्नेहरुको सक्रियता बजारमा ह्वात्तै बढेको छ। बजारबाट उम्कनेहरुको चापले सेयर परिसूचक नेप्से १९ सयलाई परीक्षण गर्न पुगेको छ। बैंकहरुले साधारण मुद्दतीको निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर पुर्याएका छन्। बचतमै १०.१३ प्रतिशत ब्याज वाणिज्य बैंकहरुले दिनेगरी असोजको ब्याजदर सार्वजनिक गरिसकेका छन्। रेमिट्यान्सबाट सोझै मुद्दतीमा राख्दा १५.१३ प्रतिशतसम्म ब्याज पाइने भएको छ। […]