लामिछानेका तर्फबाट अधिवक्ता सोविता गौतमले बहस गर्दै

Artharajniti  ~  सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन्। सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ। न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका […]

लक्ष्मी सनराइज बैंकको अगुवाइमा अपर मर्स्याङ्दी– १ आयोजनामा लगानी

Artharajniti  ~  लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण गर्न लागिएको १०२ मेगावाट क्षमताको अपर मर्स्याङ्दी -१ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । उक्त आयोजनामा लगानी गर्नका लागि लक्ष्मी सनराइज बैंकले अगुवाइ गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सनराइज बैंक नेतृत्वमा सहभागी बैंकहरू र अपर मर्स्याङ्दी हाइड्रोपावर प्रालिबीच हस्ताक्षर सम्पन्न भएको छ । अपर मर्स्याङ्दी -१ […]

कुलमानलाई हटाउने रणनीतिका साथ अघि बढे ऊर्जामन्त्री

Artharajniti   ~  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का जसरी पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने पक्षमा देखिएका छन् ।  यसकै निरन्तरता स्वरुप खड्काले सोमबार घिसिङलाई ९ बुँदे स्पष्टीकरण पत्र पठाएका छन् । ६ महिनाको अवधिमा ऊर्जा मन्त्रालयले घिसिङलाई सोधेको यो तेस्रो स्पष्टीकरण हो । सात दिने म्याद दिइएको पत्रको बुँदा नं ८ मा […]

लामिछानेको नामबाट रेमिट्यान्स मार्फत ७५ लाख विदेश पठाएको फेला

Artharajniti  ~   स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको फेला परेको हो । २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बयानमा रास्वपा […]

स्टार्टअप उद्यम कर्जाका लागि छानिए एक हजारभन्दा बढी परियोजना

Artharajnit  ~  स्टार्टअप उद्यम कर्जाका लागि एक हजारभन्दा बढी परियोजना छनोट भएका छन्। सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८१ अनुसार कर्जा प्रदान गर्नका लागि एक हजार ३१४ परियोजना छनोट गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्राप्त भएका पाँच हजार १५८ परियोजनाको प्रस्तावमध्ये प्रारम्भिक सूचीमा परेका परियोजनाको विवरण सार्वजनिक गरेको […]

प्रचण्ड : ” कसैलाई घोचपेच गर्न राजनीतिक प्रतिवेदन ल्याएको होइन “

Artharajniti   ~   नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कसैलाई घोचपेच या लक्षित गरेर आफूले राजनीतिक प्रतिवेदन नल्याएको स्पष्टीकरण दिएका छन् ।  पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनबारे स्पष्टीकरण दिँदै प्रचण्डले कसैलाई घोचपोच, काखापाखा र लक्षित गरेर नल्याएको बताएका हुन् । उनले बरु बैठक छिटो सकेर नतिजा निकाल्नका लागि फिल्डमा जानुपर्ने प्रचण्डले बताएको […]

४६ जना नेता तथा कार्यकर्ताद्वारा एमाले परित्याग

Artharajniti  ~  कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले नेकपा एमाले परित्याग गरेका छन् । उनीहरुले नगर अध्यक्षलाई सम्बोधन गरी सामूहिक राजनीमाको पत्र दिएका छन् ।पत्रमा तत्कालीन नेकपा भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किंदा आफूहरु एमालेमै रहेको तर पूर्वमाओवादी भएकाले अपमानित भएकाले राजीनामा दिएको उल्लेख छ । ‘एमाले भएर बस्दा पनि हामीले पटक–पटक अपमानित […]

५ देशका नवनियुक्त राजदूतहरुले राष्ट्रपति समक्ष लिए शपथ

Artharajniti   ~  राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ५ देशका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य र डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराए। प्रकाशमणी पौडेल गणतन्त्र […]

” भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्छ ” : प्रचण्ड

Artharajniti     ~   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।अध्यक्ष प्रचण्डले भने,‘जहाँ भ्रष्टाचार भएको, समाजले मानेको छ । गम्भीर ढंगले […]

सुनको मूल्य तोलामा २ हजारले बढ्यो

Artharajniti  ~  नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन सुन प्रतितोला १ लाख ५१ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ५३ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय १० रूपैयाँ निर्धारण गरिएको छ […]