” अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार ” : पर्यटनमन्त्री

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म […]

पैसा भएर पनि बैंकहरुले ऋण दिन मानिरहेका छैनन्

अर्थ राजनीति   ~  माघ २३ गतेसम्म बैंक तथा वित्तीय संस्था (बीएफआईज्) मा ५३ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । कमर्सियल (वाणिज्य) बैंकहरुमा मात्र ४७ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदै गर्दा यता ख, ग र घ वर्गका वित्तीय कम्पनीहरूले ६ खर्ब ३९ अर्ब रुपैयाँ बढी निक्षेप सङ्कलन गरेका छन् । तर, […]

अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्न परिसंघको माग

अर्थ राजनीति  ~  नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगलाई अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्न आग्रह गरेको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेटी परिसंघका पदाधिकारीहरूले यस्तो आग्रह गरेका हुन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्व गएको पदाधिकारीले नव नियुक्त उपाध्यक्ष श्रेष्ठलाई शुभकामना दिँदै वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला […]

नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ता २ करोड नाघे

अर्थ राजनीति  ~  नेपालमा २ करोडभन्दा बढीले मोबाइल बैंकिङ प्रयोग गर्ने गरिएको देखिएको छ। नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्मका लागि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ५३ हजार ४२० देखिएको हो। उक्त प्रयोगकर्ताले पुसमा १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख रुपैयाँको कारोबार गरेका छन्। मंसिरमा १ […]

नयाँ तथ्यांक सार्वजनिकसँगै शेयरबजार तीव्र वृद्धि

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किएको तथ्यांक सार्वजनिक गरेसँगै शेयरबजारमा तीव्र वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक ३ दशमलव ६५ प्रतिशत ९७६ दशमलव ६४ अंक वृद्धि भएर २ हजार १७७ दशमलव ३५ विन्दुमा पुगेको हो । सोमवार राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको पुस मसान्तसम्मको अवस्था सार्वजनिक गरेको थियो । उक्त तथ्यांकले शोधनान्तर […]

चार वाणिज्य बैंकलाई राष्ट्र बैंकले तिरायो जरिवाना

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक) र प्राइम कमर्सियल बैंकलाई जरिवाना तिराएको हो । यी चार बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेकोले जरिवाना तिराइएको विभागले जनाएको छ । जसमा […]

बैंक ऋण : एकल ग्राहक कर्जा सीमा घटाउने तयारी

अर्थ राजनीति  ~  एउटै ऋणीले अर्बौं पैसा चलाउने र उसको व्यवसायमा  थोरै पनि समस्या आउँदा समग्र प्रणाली नै जोखिममा पर्ने अवस्था न्यूनीकरण गर्न राष्ट्र बैंकले एकल ग्राहक कर्जा सीमा घटाउने भएको छ। विद्यमान व्यवस्था अनुसार, एउटा ऋणीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको २५ देखि ५० प्रतिशतसम्म ऋण लिन पाउँछ।  बैंक तथा वित्तीय संस्थाहरुको […]

मर्जरको एजेण्डासहित ज्योति विकास बैंकले डाक्यो साधारणसभा

अर्थ राजनीति  ~  ज्योति विकास बैंकले बार्षिक साधारणसभा डाकेको छ। बैंकले फागुन १४ गते बार्षिक साधारणसभा गर्ने छ। बैंकले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशसहित मर्जर एजेण्डालाई पनि साधारणसभामा लैजाँदैछ। बैंकले गत बर्षको नाफाबाट ३.८ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने तथा प्राप्ति गर्ने […]

माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंक

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्कासन गर्न लागेको हो। बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब […]

बैंकहरूको मनोमानीमा राष्ट्र बैंकको मौन समर्थन

अर्थ राजनिति  ~  चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको स्प्रेडदर (कर्जा र निक्षेप बीचको अन्तर) घटाउँदै लैजाने र आधारदरलाई समेत निश्चित सीमा राख्ने नीति लिएको छ । तर, वाणिज्य बैंकहरूले मौद्रिक नीतिलाई बेवास्ता गर्दै आफूखुसी स्प्रेडदर र आधारदर बढाएका छन् । बैंकहरूले कर्जा लगानीमा अधिक नाफा राखेको भन्दै राष्ट्र बैंकले […]