रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ। न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसनमानको इजलासमा लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको हो।सुनुवाइ सकिएकाले आजै आदेश आउने संभावना छ। वैशाख ७ गते लामिछानेकी श्रीमती निकिता पौडेलले श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त […]

“लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त ” : गृहमन्त्री लेखक

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताएका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उनले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री लेखकले शान्तिसुरक्षा कायम गर्ने सवालमा कसैसँग […]

जेठ महिनाका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर

Artharajniti  ~  वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर तोकेका छन् । नयाँ महिनाका लागि महिना सुरु हुनुअघि नै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले जेठ महिनाका लागि यस्तो ब्याजदर निर्धारण गरेका हुन् । तोकिएका ब्याजदर बिहीबारदेखि लागु हुनेछ । बैंकहरूले तोकको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३.०० प्रतिशतदेखि ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंकथा […]

गभर्नर नियुक्ति गिजोलिँदा मुलुक नै बदनाम

Artharajniti   ~  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषय गिजोलिँदा राष्ट्रको बदनाम भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनीहरूले दुई तिहाइको सरकारले सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा गभर्नर नियुक्ति हुन नसकेको र यस विषयले राष्ट्रको बदनाम […]

रवि र छविको निवेदन आज पनि ‘हेर्न नमिल्ने’मा

Artharajniti  ~  सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदन आज पनि ‘हेर्न नमिल्ने’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको निवेदन ‘हेर्न नमिल्ने’मा परेको हो । लामिछानेले दायर गरेको उच्च अदालतको आदेश बदर माग गरिएको ७३ […]

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

Artharajniti  ~   प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए […]

इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार रकम बढ्दो, एक महिनामै १ अर्ब रुपैयाँ बढीको कारोबार

Artharajniti   ~  नेपालमा पछिल्लो तीन महिनामा इन्टरनेट बैंकिङमार्फत् कारोबार गर्ने प्रवृत्ति र रकममा बढोत्तरी हुँदै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ चैत महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार र रकम थोरै मात्र भए पनि उकालो लाग्ने प्रवृत्तिले निरन्तरता पाएको हो। आर्थिक वर्ष ८१ को पौषबाट माघमा जाँदा सङ्ख्या […]

” प्रेस स्वतन्त्रताको नाममा अराजकता बढ्यो ” : सञ्चारमन्त्री गुरुङ

Artharajniti  ~  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको बताएका छन् ।  यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिरहेको उनको भनाइ छ ।‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहिनता बढ्यो,’ मंगलबार वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्तीमा बोल्दै उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा […]

तोलामा दुई हजारले घट्यो आज सुनको मूल्य

Artharajniti  ~  सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार […]

” दश महिनामा सरकार फेरिँदैन ” : गृहमन्त्री लेखक

Artharajniti   ~   गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ । बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले आफू मन्त्री बनेको १० महिना […]