“शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्नुपर्छ” : सभामुख

Artharajniti  ~  सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गैरसरकारी संस्था गभर्नेन्स ल्याबले ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास’ विषयमा आज संयुक्त रूपमा अयोजना गरेको गोष्ठीमा उनले ती विधेयक संघीय शासन प्रणालीको सफल कार्यान्वयनका […]

” लोडसेडिङ हुँदा रमाउने जमात अहिले हेरिरहेको छु ” : घिसिङ

Artharajniti  ~  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङबाट रमाउने समूहले लोडसेडिङको हल्ला फैलाएको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार संघको वार्षिक साधारणसभामा बोल्दै उनले प्राविधिक कारणले केही दिनका लागि पिक समयमा लोड व्यवस्थापन गर्दा लोडसेडिङको हल्ला फैलाइएको बताए । अहिले अपर तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेको र कालीगण्डकी समेत नियमित मर्मतका कारण उत्पादन रोकिएका […]

रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ता गरिँदै

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्धा दर्ता गरिँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागेको हो। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना सर्वसाधारण बचतकर्ताले बचत राखेको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क […]

बैंकहरूबाट एक खर्ब तान्दै राष्ट्र बैंक

Artharajniti  ~  कर्जा लगानी बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै छ। बैंकहरूमा करिब सात खर्ब हाराहारी कर्जा लगानी योग्य रकम र तरलता छ। यही कारण राष्ट्र बैंकले बैंकहरूबाट सातामै अर्बौ रकम तान्ने र छोड्ने गरिरहेको छ। बुधबार मात्रै राष्ट्र बैंकले बैंकहरूबाट एक खर्ब रूपैयाँ रकम तान्न लागेको हो। राष्ट्र बैंकले २१ दिनको […]

“त्रिविको जग्गा हिनामिना गर्नेमाथि कारवाही हुन्छ ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्ने बताएका छन् ।त्रिविको जग्गा तथा सम्पति खोजबिन आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले जग्गा हिनामिना गर्नेलाई कारवाही गर्ने बताएका हुन्।त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले मंगलबार प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन बुझाएको थियो।२०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुंगेअड्डा, पाटनलगायत काठमाडौं उपत्यकाका २१ […]

” सहकारी ठगी गर्ने कसैले उन्मुक्ति पाउँदैनन् ” : गृहमन्त्री लेखक

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले सहकारीको रकम ठगी गर्ने, अपचलन गर्ने र हिनामिना गर्ने कसैले पनि उन्मुक्ति नपाउने बताएका छन्। नेपाल प्रेस युनियनले रूपन्देहीमा बुधबार बिहान गरेको पत्रकार भेटघाटमा मन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने सयौं मान्छे जेल गएको बताउँदै उनले अब पनि कसैले उन्मुक्ति नपाउने बताएका हुन्। उनले सहकारीको रकम अपचलनमा मुछिएका सयौं व्यक्तिहरुलाई […]

आज घट्यो सुनको मूल्य, कति छ तोलाको ?

Artharajniti  ~  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजो अघिल्लो दिनको तुलनामा दुई […]

” अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ ” : अर्थमन्त्री पौडेल

Artharajniti   ~  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताउनुभएको हो । वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै […]

पुसका लागि नयाँ ब्याजदर घोषणा, कुन बैंकको कति ब्याज ?

Artharajniti ~  पुस महिनाका लागि ११ वटा बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार २० वाणिज्य बैंकमध्ये सो बराबर बैंकले ब्याजदर समायोजन गरेका छन् । यसमध्ये ९ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी दुई बैंकले भने निक्षेपको प्रकारका आधारमा ब्याजदर घटबढ गरेका छन् । साधारण बचत खातातर्फ तीनवटा बैंकले […]

प्रहरीले बुझायो रवि विरुद्धको अनुसन्धान प्रतिवेदन

Artharajniti  ~  कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले बताए । रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पेज लामो छ । प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । अहिले पक्राउ परेका […]