कांग्रेस : ” अध्यादेश छलफलमै आएको हो‚ चर्चा गर्न आवश्यक छैन “

Artharajniti   ~  सत्तासाझेदार दल नेपाली कांग्रेसले प्रधानम्नत्री केपी शर्मा ओलीले कांग्रेससँग समन्वय र छलफल गरेरै अध्यादेश ल्याएको बताएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूसँगको छलफलमा महामन्त्री गगनकुमार थापाले सो जानकारी गराएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए । ‘सरकारले ल्याएको अध्यादेश हामीसँग छलफल भएरै अध्यादेश आएको हो । […]

इजरायल र हमास बिच युद्धविराम सम्झौता

Artharajniti   ~   गाजामा युद्धविराम गर्ने र इजरायली बन्धकहरूको रिहाइको लागि इजरायल र हमासबिच सम्झौता भएको छ । यस सम्झौताको बारेमा दुवै पक्षबाट प्रतिक्रिया आएको छ ।  युद्धको क्रममा गाजामा भोगेको पीडाको लागि इजरायललाई माफ नगर्ने हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भनेका छन् । सबै पीडितहरूको तर्फबाट बगेका रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसुका लागि […]

रवि पक्षका वकिल : ” उहाँसँग धरौटी माग्नु पनि अन्याय हुन्छ “

Artharajniti  ~  काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत दुरूपयोगसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका वकिलहरूले बहस गरेका छन्।गत आइतबार लामिछाने जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए। त्यस दिन लामिछानेसँग बयान लिइएको थियो। सोमबारदेखि भने थुनछेक बहस सुरू भएको थियो।पहिले सरकारी वकिलहरूले बहस गरेका थिए। त्यसपछि सहकारी पीडितका तर्फका […]

ब्याजदर थप घटाएर बैंकहरूले राष्ट्र बैंकमा राखे पैसा

Artharajniti ~  कर्जा लगानी बढ्न नसकेपछि बैंकहरूले नेपाल राष्ट्र बैंकमा औसत २.९९ प्रतिशत ब्याजमा पैसा राखिरहेकोमा अहिले थप सस्तोमा राखेका छन्। गत आइतबार राष्ट्र बैंकले ४० अर्ब राख्न खोजेकोमा बैंकहरूले ४७ अर्बको प्रस्ताव गरेका थिए। उनीहरूले प्रस्ताव गरेको औसत ब्याजदर २.८९ प्रतिशत छ। बुधबार राष्ट्र बैंकले फेरि ४० अर्ब रूपैयाँ उठाउन लागेको छ। बैंकहरूको कर्जा […]

“सरकार ढल्दैछ भनेर बजारमा चलाइएको हल्ला भ्रम ” : प्रधानमन्त्री ओली

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैछ भनेर बजारमा चलाइएको हल्ला भ्रम भएको बताएका छन् । बालुवाटारमा आज बुधबार बिहान उद्योगी व्यवसायीहसँगको भेटघाट कार्यक्रममा उनले यस्तो स्पष्ट पारेका हुन् ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो मंगलबार मात्रै सुकेटेमा पत्रकारसँग सरकार आफ्नै कारणले ढल्न लागेको टिप्पणी गरेपछि सोको जवाफमा प्रधानमन्त्री ओलीले […]

सरकारी वकिलको तर्क : ” रविलाई थुनामा नराखे प्रमाण नष्ट हुन्छ “

Artharajniti ~  काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् । ‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । […]

“दललाई फुटाउने र मिलाउने काम मेरो होइन ” : प्रधानमन्त्री

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पारेका छन् । सोमबार नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुट र नकारात्मकता फैलाइएको समेत बताएका […]

माघ महिनाका लागि ७ बैंकले गरे ब्याजदर समायोजन

Artharajniti  ~  माघ महिनाका लागि ७ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार माघ महिनाका लागि अधिकांश बैंकले ब्याजदर स्थिर राख्दा ७ बैंकले केही घटबढ गरेका हुन् । यसरी ब्याजदर घटबढ गर्ने बैंकहरुमा कृषि विकास बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, हिमालन बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बैठक शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेपनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन ।

सुनचाँदीको मूल्य बढ्यो

Artharajniti  ~ आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५४ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।