” आलोचना सत्य र तथ्यमा आधारित हुनुपर्छ ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले विपतमा जस्तै सुशासन र विकासका काममा पनि राष्ट्रिय एकता हुनुपर्ने बताएका छन् ।  शुक्रबार महाभूकम्प गएको स्मरणमा काठमाडौँको धरहरामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धालाई स्वस्थताको माध्यमबाट अघि बढाउनुपर्दछ’, उनले भने,  ‘आलोचना स्वागत छ तर आलोचना सत्य तथ्य र रचनात्मक हुन पनि जरुरी […]

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे

Artharajniti  ~  एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरिरहेका घिमिरे बढुवा भई सीईओको जिम्मेवारीमा पुगेका हुन् । नवनियुक्त सीईओ घिमिरेले बुधबारदेखि नै औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ […]

” ‘गुरु’हरुका माग वार्ताका माध्यमबाटै सम्बोधन हुन्छन् ” : अर्थमन्त्री पौडेल

Artharajniti   ~   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षकहरुको माग वार्ताका माध्यमबाट नै सम्बोधन हुने बताउनुभएको छ । अर्थ समितिको  बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले विश्वमा ठूला-ठूला युद्धहरु र नेपालकै परिवेशमा १० वर्षे शसस्त्र द्वन्द्व वार्ताकै माध्यमबाट टुंगिएको भन्दै गुरुहरुका माग पनि वार्ताबाटै टुंगिने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग ज्ञापन पत्रका माध्यमबाट मागहरु […]

सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष प्रचण्डको निर्देशन

Artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् । साथै उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । पार्टी संसदीय दलको आज भएको बैठकमा उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद […]

विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती

Artharajniti  ~   नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार नियुक्त गरेका हुन् । समग्र शिक्षा सुधारसहित शिक्षकहरूले आन्दोलन चर्किरहेका वेला विद्या भट्टराईले शिक्षामन्त्रीबाट अचानक राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले उनको ठाउँमा पन्तलाई मन्त्रीको जिम्मेवारी दिए । पन्तले बिहीबार शपथ […]

“यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमायो ” : अध्यक्ष दाहाल

Artharajniti  ~  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाएको बताएका छन्। आज कम्युनिष्ट पार्टी स्थापना दिवसमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यो एमाले सरकार जटिल र चुनौतीपूर्ण स्थितिमा रहेको पनि बताए। उनले भने, ‘एमालेको जन्म नै अप्राकृतिक, अपारदर्शी छ, यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो, […]

“विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्छ “: अध्यक्ष ढकाल

Artharajniti   ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नु भएको हो । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक […]

अविलम्ब विद्यालय फर्कन शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गर्नुभएको छ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

राष्ट्र बैंकका गभर्नर नियुक्ति विवाद

Artharajniti  ~  गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको पुरक निवेदनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । गएको चैत १८ गते अर्थ मन्त्रालयले अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी […]