सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

Artharajniti  ~  सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले डा. पौडेलविरुद्ध नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै रिट पेश गरेका थिए । तर उक्त रिट सर्वोच्च प्रशासनले आज दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । उनका अनुसार सो रिटमा डा. […]

” माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ” : अध्यक्ष दाहाल

Artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताउनुभएको छ । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा स्थानीयसँगको भेटघाटमा अध्यक्ष दाहालले भन्नुभयो, “भर्खरै सम्पन्न तराई–मधेस जागरण अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिनहरू माओवादी र जनताका दिन हुनेछन् ।” भेटका क्रममा माओवादी […]

सगरमाथा संवाद आजदेखि, विदेशीसहित ७ सय बढी सहभागी हुँदै

Artharajniti  ~  राजधानी काठमाडौंमा आजदेखि सगरमाथा संवाद सुरु हुँदैछ । जलवायु परिवर्तनका कारण संकटमा परेका पर्वतीय तथा तटीय मुलुकहरूको आवाजलाई विश्वसामु बुलन्द पार्न नेपालको आयोजनामा आजदेखि अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद सुरु हुन लागेको हो । जेठ ४ गतेसम्म सञ्चालन हुने सो संवादको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम छ ।‘जलवायु परिवर्तन, […]

प्रतिनिधिसभामा आज अर्थमन्त्री पौडेलले जवाफ दिने

Artharajniti  ~  प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुनेछ । शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूचीमा उल्लेख भएबमोजिम आजको बैठकमा अर्थमन्त्री पौडेलले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिन लाग्नुभएकाे हाे । स‌ंसद् सचिवालयका […]

प्रतिनिधिसभाका तीन सांसदको पद निलम्बन

Artharajniti  ~  प्रतिनिधिसभाका तीन जना सांसद निलम्बित भएका छन् ।  पछिल्लो पटक बिहीबार नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बित भएसँगै तत्काललाई प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा परेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियारले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बस्नेतको पद निलम्बन भएको हो […]

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ। न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसनमानको इजलासमा लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको हो।सुनुवाइ सकिएकाले आजै आदेश आउने संभावना छ। वैशाख ७ गते लामिछानेकी श्रीमती निकिता पौडेलले श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त […]

“लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त ” : गृहमन्त्री लेखक

Artharajniti  ~  गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताएका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उनले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री लेखकले शान्तिसुरक्षा कायम गर्ने सवालमा कसैसँग […]

जेठ महिनाका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर

Artharajniti  ~  वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर तोकेका छन् । नयाँ महिनाका लागि महिना सुरु हुनुअघि नै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले जेठ महिनाका लागि यस्तो ब्याजदर निर्धारण गरेका हुन् । तोकिएका ब्याजदर बिहीबारदेखि लागु हुनेछ । बैंकहरूले तोकको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३.०० प्रतिशतदेखि ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंकथा […]

गभर्नर नियुक्ति गिजोलिँदा मुलुक नै बदनाम

Artharajniti   ~  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषय गिजोलिँदा राष्ट्रको बदनाम भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनीहरूले दुई तिहाइको सरकारले सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा गभर्नर नियुक्ति हुन नसकेको र यस विषयले राष्ट्रको बदनाम […]

रवि र छविको निवेदन आज पनि ‘हेर्न नमिल्ने’मा

Artharajniti  ~  सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदन आज पनि ‘हेर्न नमिल्ने’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको निवेदन ‘हेर्न नमिल्ने’मा परेको हो । लामिछानेले दायर गरेको उच्च अदालतको आदेश बदर माग गरिएको ७३ […]