प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

अर्थ राजनीति  ~   संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि […]

हकप्रद जारी गर्न लागेको अपर तामाकोशीले डाक्यो साधारणसभा

अर्थ राजनीति  ~  शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले भदौ ६ गतेका लागि १५औं वार्षिक साधारणसभा डाकेको हो। सभामा खासै महत्त्वपूर्ण एजेण्डा छैनन्। नियमित एजेण्डा लगिने भएको छ। वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको पारिश्रमिकलाई एजेण्डाका रुपमा राखिएको छ। विशेष प्रस्ताव भनेर सामाजिक संस्थाहरुलाई गरिएको […]

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

अर्थ राजनीति ~ अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ […]

साउन ३१ गतेदेखि अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

अर्थ राजनीति ~  साउन ३१ गतेदेखि अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म […]

दाङमा २९८ घरेलु उद्योग बन्द

अर्थ राजनीति ~ दाङमा आर्थिक वर्ष २०७९-८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ रहेका छन् । कार्यालयमा आएर […]

” मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छ ” : अर्थमन्त्री महत

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताए । ‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ, […]

राष्ट्र बैंकले घटायो २५ लाखसम्मको अटो कर्जाको जोखिम भार

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले २५ लाखसम्मको अटो कर्जामा कायम हुने जोखिम भार घटाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आइतबार हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरेको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकार भट्टले यसअघि अटो कर्जामा लाग्दै आएको १५० प्रतिशत जोखिम भार घटाइएको बताए। उनले २५ लाखसम्मको अटो कर्जामा अबदेखि १०० […]

एक खर्ब खोसिएपछि अन्तर बैंक सापटी ह्वात्तै बढ्यो

अर्थ राजनीति  ~  निक्षेपमा गणना हुँदै आएको स्थानीय तहको पैसा ‘फ्रिज’ भएपछि अन्तर बैंक सापटी दर ह्वात्तै बढेको छ। ०.५ प्रतिशत हाराहारीको अन्तर बैंक सापटी सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नदिएपछि ६.५ प्रतिशत नाघेको छ। बैंकहरुका अनुसार, स्थानीय तहको पैसा बढी चलाएका बैंकहरुले अन्तर बैंक सापटी धेरै माग गरिरहेका छन्। सरकारी स्वामित्वको राष्ट्रिय […]

सुन बरामद प्रकरणः ६ जना प्रहरीको नियन्त्रणमा

अर्थ राजनीति  ~  त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब १ सय किलो सुन बरामद प्रकरणमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाको आधिकारिकरूपमा पहिचान खुलाइएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ३४ करोडको कारोबार

अर्थ राजनीति   ~   तीव्र उतारचढावका बावजुद बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। यो साता सुरुदेखि नै निरन्तर बढिरहेको बजारमा दोहोरो अंकको वृद्धि भएको हो। नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ बिन्दुमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.३३ अंकले बढेको छ। गत आइतबार १२.१६, सोमबार ४७.०७, मंगलबार ९.९१ अंकले बढेको बजारको वृद्धि बुधबार […]