एकैदिन दुई हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ

Artharajniti ~   नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ।  सोमबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा […]

प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

Artharajniti  ~  गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय निकट स्रोतले उनलाई मंगलबार बिहान पक्राउ गरिएको पुष्टि गर्‍यो । सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने […]

प्रधानमन्त्री ओली : ” उद्योग धन्दा बन्द गर्न र देश टाट पल्टाउन दिइँदैन “

Artharajniti  ~  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश टाट पल्टाउन नदिइने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा आज पनि लाइन जोडिदिएन नि भन्ने प्रश्नमा उनले यस्तो भनेका हुन् ।विराटनगरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘विद्युत्को लाइन जोडिएन होइन ? ठिक छ त्यो हेर्नुपर्छ । तर, देश बिगार्न र उद्योग धन्दा […]

कतार एयरवेजले मंगलबारदेखि भैरहवामा दैनिक उडान गर्ने

Atharajniti  ~  कतार एयरवेजले मंगलबार (भोलि) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ । कतारले सातामा सातैवटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो वायुसेवाले हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ। यससँगै मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या […]

रवि लामिछानेलाई आजै रूपन्देही ल्याउने तयारी

Artharajniti  ~  सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही ल्याइने भएको छ। सहकारीको रकम हिनामिना गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन्। पछिल्लो पटक आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन […]

काटिएको विद्युत लाइन आज १२ बजेसम्म जोड्न सरकारको निर्देशन

Artharajniti  ~  सरकारले उद्योगहरूको काटिएको विद्युत सोमबार मध्याह्न १२ बजेसम्म जोड्न निर्देशन दिएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रङ्क लाइन विवादमा १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युत्को बक्यौता रकम बिल अनुसार असुल गर्ने निर्णयसमेत गरेको छ। गत कात्तिक ८ गते विद्युत महसुलवापतको बक्यौता नबुझाएको भन्दै ४० बढी उद्योगको लाइन काटिएको थियो। त्यस्तै […]

राष्ट्रपतिले नियुक्त गरे अमेरिका र चीनका राजदूत

Artharajniti ~  राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्। चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले ओली र रेग्मीलाई आइतबार राजदूत नियुक्त गरेका हुन्।यसअघि नै ओली र रेग्मीको संसदीय सुनुवाइ भई अनुमोदनसमेत भएको थियो।

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति

Artharajniti  ~  तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन्। हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच आज भएको छलफलपछि उक्त विषय कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द भएसँगै हवाई भाडादर […]

बैंकिङ ठगीबाट बच्न र व्यक्तिगत विवरणहरु अरुलाई नदिन सीआईबीको आग्रह

Artharajniti   ~  बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक संजाल फेसबुक, इन्टाग्राम, टिकटक, ईमेल, ह्वाट्सएप, भाईबर, ईमोलगायत सामाजिक संजालको माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पार्ने र ठगी गर्ने कार्य भईरहेको भन्दै प्रहरीले सर्तक हुन अनुरोध गरेको छ। विभिन्न सामाजिक सञ्जालहरुमार्फत बैङ्क तथा वित्तिय संस्थाको अनलाइन पेमेन्ट गेटवे मार्फत रकम ठगी गर्दै आईरहेकोमा, हाल विभिन्न […]

” शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको छ ” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताएका छन् । मकवानपुरको हेटौंडामा  आज बिहान  पत्रकार भेटघाटमा उनले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै गएको बताए । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन, इजरायल-हमास […]