राष्ट्र बैंकबाट सापटी लिएर बसीबसी ३ प्रतिशत मार्जिन खाँदै बैंक
अर्थ राजनीति ~ बैंकहरुले राष्ट्र बैंकसँग सस्तोमा सापटी लिँदै महँगोमा ऋणपत्र खरिद गर्न थालेका छन्। उनीहरुले एक साताका लागि उपलब्ध हुने स्थायी तरलता सुविधा (एसएलएफ) लिएर २८ दिनभन्दा माथिका ऋणपत्रमा लगानी गरेर कमाइ गर्न थालेका हुन्। स्थायी तरलता सुविधाको ब्याज दर ७ प्रतिशत छ। अहिले ट्रेजरी बिलको ब्याज दर (बट्टा दर) १० प्रतिशत माथि छ। […]