हिमालयन बैंकको नाफा २३ प्रतिशत बढ्यो

Artharajniti  ~   हिमालयन बैंकको नाफा २२.७६ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब २३ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले एक अर्ब ५१ करोड रूपैयाँ नाफा गरेको हो। बैंकको खुद ब्याज आम्दानी, अन्य सञ्चालन […]

रविलाई थुनामै पठाउन जिल्ला अदालत रुपन्देहीको आदेश

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त आदेश गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका […]

“रवि बसेको कोठामा एसी छैन, झ्याल पनि बन्द छ” : मानव अधिकार आयोग

Artharajniti  ~  राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको  प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा […]

“आमाकै नामबाट नागरिकता दिने व्यवस्थालाई सरलिकृत गरेका छौं ” : गृहमन्त्री

Artharajniti  ~   गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नागरिकता ऐन संशोधन गर्न लागिएको बताएका छन्।आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले भने- ‘अहिले हामीले आमाको नामबाट नागरिकता पाउने कुरालाई सरलिकृत गरेका छौं। बुबाको मृत्यु भएको वा जीवितै हुँदा पनि नागरिकता प्राप्तिका […]

महालक्ष्मी विकास बैंकका ४ पूर्वकर्मचारी पक्राउ

Atharajniti  ~   महालक्ष्मी विकास बैंकको दार्चुलास्थित शाखा एक पूर्वशाखा प्रबन्धकसहित चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बैंकको दार्चुला, शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखाका तत्कालीन शाखा प्रबन्धक ३५ वर्षीय सागर शाही रहेका छन् । डोटी घर भई कैलालीको भजनीमा बस्दै आएका शाहीसँगै नगद विभागमा कार्यरत २९ वर्षीया निर्मला साउँद, ग्राहक सेवा कक्षकी २८ वर्षीया अम्बादत्त […]

रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन पेसीमा तोकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेसी चढेको हो । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए […]

राष्ट्रियसभाः राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग

Artharajniti  ~  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् । सिँचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरुले गुनासो गरे । बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गरे […]

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न : सहकारी ठगी कहिलेसम्म सहने ?

Artharajniti  ~  राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताले सहकारी क्षेत्रमा गरेका ठगीले लाखौँ नेपालीको पसिनाको कमाइ जोखिममा पारेको आरोप लगाएका छन् ।  शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले बचतकर्ताको बिचल्ली र सुकुम्वासी बन्ने अवस्था आउँदासमेत दोषीहरूले उन्मुक्ति पाइरहेको बताउँदै शाहीले कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले कारागार हाल्ने भन्दै गृहमन्त्री रमेश […]

रामहरि खतिवडालाई राजीनामा दिन कांग्रेसले निर्देशन दिने

Artharajniti  ~  नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानविन समितिले खतिवडा जिम्मेवारी रहेको प्रतिवेदन पेश गरेको थियो […]

” भारतको बाढीमा १७ भन्दा बढी नेपाली पर्नु दुःखद ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठुलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सो बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबरले थप दुःखी बनाएको उल्लेख गरेका छन् । उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको भन्दै ओलीले बाढी पहिरोमा […]