” हामी विजयी भएर निस्कियौं” : अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र सरकारबाट विजयी र बेदाग भएर निस्किएको दाबी गरेका छन्। बुधबार बिहान नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विजयी भएर सरकारबाट निस्किएको बताएका हुन्। ‘देशभरीको प्रारम्भिक रिपोर्ट सुन्दा आम जनता र कार्यकर्तामा निराशा छैन बरू हामी […]

प्रधानमन्त्री ओली : “कानुन कार्यान्वयन भएको छैन, यो हो-हल्ला केका लागि? “

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न मिल्ने गरी बनेको भूमिसम्बन्धी ऐन गलत भएर खारेज गर्न प्रस्ताव गरेका छन्। प्रतिनिधि सभामा आइतबार विश्वासको मत माग्ने क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उक्त कानुन अझै पनि जीवित रहेको भन्दै त्यसलाई फेरि संसोधन गर्न सकिने बताए। ‘कानुनमा रिफर्म के गर्नुपर्छ हामी […]

” उद्योगको लाइन काट्नु गैरकानुनी “: विद्युत् नियमन आयोग

Artharajniti  ~  नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ सम्बन्धी विवादमा ढिला गरी विद्युत् नियमन आयोग सक्रिय भएको छ । विद्युत् वितरणकर्ता र ग्राहकबीच विवाद भएको अवस्थामा विवाद समाधान हुनुभन्दा अघि विद्युत् विच्छेद गर्नु गैरकानुनी भन्दै नियमन आयोगले ६ उद्योगमा तत्काल लाइन जोडिदिन विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । विद्युत विच्छेद भएको भन्दै […]

सहकारीका समस्या बारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल

Artharajniti ~   सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ । छलफलका क्रममा रजिष्ट्रार एवं पूर्वरजिष्ट्रारले नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिनुपर्नेमा जोड दिएको समिति सचिव बबिता मिश्रले जानकारी दिनुभयो । समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका कुरा […]

” सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन” : महामन्त्री शर्मा

Artharajniti   ~  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई पदमुक्त गरिएकोबारे कटाक्ष गरेका छन् । मंगलबार रास्वपाले ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएपछि आज बिहान कांग्रेस महामन्त्री शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताए । उनले लेखेका छन्, ‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढङ्ग बदल्नै पर्छ […]

अध्यक्ष ओली : ” देशमा अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिल्यौं “

Artharajniti  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिलेको बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । तर अध्यक्ष ओलीले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताए। अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा […]

” झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचियो ” : स्वर्णिम वाग्ले

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको आरोप लगाएका छन् ।‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनुलाई नेपाली जनताले चासोको रूपमा हेरेका छन्,’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने । रास्वपाका प्रमुख सचेतक सन्तोष […]

मुकुल ढकाललाई रास्वपाले गर्‍यो कारबाही

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई कारबाही गरेको छ। मंगलबार च:मतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो। ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट […]

” कांग्रेस/एमाले सत्तालाई साथ दिए प्रधानमन्त्रीको पनि हित हुन्छ” : एमाले सचिव भट्टराई

 Artharajniti  ~    नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हित हुने बताएका छन् ।  आज संघीयसंसद् भवन परिसरमा सञ्चारकर्मीहरूसग कुरा गर्दै उनले माओवादी केन्द्रलाई साथमा लिएर आफूहरूले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि स्पष्ट पारे । उनले कांग्रेस–एमालेबिचको सहकार्यविना संविधान संशोधनको काम सहज नहुने […]

” सहकारीलाई नियमन गर्न छुट्टै निकाय आवश्यक छ ” : गभर्नर अधिकारी

Artharajniti  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा अपचलन भएको नागरिकको बचतलाई सुरक्षित गर्न छुट्टै प्राधिकरण बनाउनुपर्ने बताएका छन् । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले असिमित बचत संकलन गर्न दिदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताए। गभर्नर अधिकारीले सहकारीसँग सम्बन्धित रहेर तलदेखि […]