प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

Artharajniti  ~  गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय निकट स्रोतले उनलाई मंगलबार बिहान पक्राउ गरिएको पुष्टि गर्‍यो । सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने […]

” राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने” : उपसभापति डीपी अर्याल

Artharajniti  ~ रवि लामिछाने ज्यूँदो छँदासम्म पार्टी सभापति रहने घोषणा गरेका रास्वपा उपसभापति डीपी अर्यालसहितका नेताहरूले सोमबार दिउँसो कास्की प्रहरीको हिरासतमा आधा घण्टा बिताए । डीपीले आइतबारको भाषणमा भनेका थिए, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो । हिरासतमा बसे पनि, जेलमा बसे पनि रास्वपाको सभापति रवि लामिछाने नै हो […]

प्रधानमन्त्री ओली : ” उद्योग धन्दा बन्द गर्न र देश टाट पल्टाउन दिइँदैन “

Artharajniti  ~  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश टाट पल्टाउन नदिइने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा आज पनि लाइन जोडिदिएन नि भन्ने प्रश्नमा उनले यस्तो भनेका हुन् ।विराटनगरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘विद्युत्को लाइन जोडिएन होइन ? ठिक छ त्यो हेर्नुपर्छ । तर, देश बिगार्न र उद्योग धन्दा […]

” सरकार राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा लागेको छ ” : माओवादी केन्द्र

Artharajniti  ~  नेकपा माओवादी केन्द्रले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा सरकार लागेको आरोप लगाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अफ्ठ्यारोमा पार्ने र हटाउने समेतको प्रयास गरिरहेको भनिएका बेला माओवादीले यस्तो बताएको हो । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारकै कारण देशमा असाधारण परिस्थिति बन्दै […]

रवि लामिछानेलाई आजै रूपन्देही ल्याउने तयारी

Artharajniti  ~  सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही ल्याइने भएको छ। सहकारीको रकम हिनामिना गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन्। पछिल्लो पटक आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन […]

काटिएको विद्युत लाइन आज १२ बजेसम्म जोड्न सरकारको निर्देशन

Artharajniti  ~  सरकारले उद्योगहरूको काटिएको विद्युत सोमबार मध्याह्न १२ बजेसम्म जोड्न निर्देशन दिएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रङ्क लाइन विवादमा १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युत्को बक्यौता रकम बिल अनुसार असुल गर्ने निर्णयसमेत गरेको छ। गत कात्तिक ८ गते विद्युत महसुलवापतको बक्यौता नबुझाएको भन्दै ४० बढी उद्योगको लाइन काटिएको थियो। त्यस्तै […]

राष्ट्रपतिले नियुक्त गरे अमेरिका र चीनका राजदूत

Artharajniti ~  राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्। चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले ओली र रेग्मीलाई आइतबार राजदूत नियुक्त गरेका हुन्।यसअघि नै ओली र रेग्मीको संसदीय सुनुवाइ भई अनुमोदनसमेत भएको थियो।

” हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौँ ” : देउवा

Artharajniti   ~  सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेको विषयमा अनावश्यक हो–हल्ला गर्न जरुरी नभएको बताएका छन् । आइतबार धनगढी विमानस्थलमा पत्रकारमाझ बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले रवि लामिछाने अघि कांग्रेसका नेताहरू पनि प्रहरीले समातेको तर‚ कांग्रेसले कुनै दिन हो–हल्ला नगरेको बताए । उनले कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउँदा […]

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति

Artharajniti  ~  तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन्। हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच आज भएको छलफलपछि उक्त विषय कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द भएसँगै हवाई भाडादर […]

बैंकिङ ठगीबाट बच्न र व्यक्तिगत विवरणहरु अरुलाई नदिन सीआईबीको आग्रह

Artharajniti   ~  बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक संजाल फेसबुक, इन्टाग्राम, टिकटक, ईमेल, ह्वाट्सएप, भाईबर, ईमोलगायत सामाजिक संजालको माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पार्ने र ठगी गर्ने कार्य भईरहेको भन्दै प्रहरीले सर्तक हुन अनुरोध गरेको छ। विभिन्न सामाजिक सञ्जालहरुमार्फत बैङ्क तथा वित्तिय संस्थाको अनलाइन पेमेन्ट गेटवे मार्फत रकम ठगी गर्दै आईरहेकोमा, हाल विभिन्न […]