संघीय संसद्का दुवै सदनको बैठक बस्दै

Artharajniti ~  संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यस्तै बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय […]

नवनियुक्त प्रहरी महानिरीक्षक थापाले लगाए दर्ज्यानी चिह्न

Artharajniti   ~  नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । यससँगै उनले ३१औँ प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् । वसन्तबहादुर कुँवरले ३० वर्षे सेवा अवधिका कारण सोमबार […]

इजरायलले गाजामा फेरी शुरु गर्यो आक्रमण

Artharajniti  ~  इजरायलले गाजामा पुनःआक्रमण शुरु गरेको छ । इजारयाली डिफेन्स फोर्सले गाजामा पुनःआक्रमण शुरु गरिएको जानकारी दिएको हो । आइडीएफ र आइएसएले हाल गाजा पट्टीमा हमास आतंकवादी संगठनसँग सम्बन्धित आतंकवादी लक्ष्यहरूमा व्यापक आक्रमणहरू गरिरहेका छन् । यसअघि पहिलो चरणको युद्धविरामपछि दोस्रो चरणको युद्धविरामको प्रयास भएपनि वार्ता सफल हुन सकेको थिएन । हमासले पुरानै शर्त […]

काठमाडौंको टोखाबाट करिब २५ करोड नगदसहित एक जना पक्राउ

Artharajniti  ~  काठमाडौंमा करिब २५ करोड नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिका-१, झोर क्षेत्रबाट करिब २५ करोड नगदसहित एक जना पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको कार्यालयका […]

” पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो “: गृहमन्त्री लेखक

Artharajniti  ~   गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्टहरूलाई जीवनभर सेवा सुविधा दिने कानुन बनाउने तयारी सरकारले गरिरहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष ससमयमा उठाएका प्रश्नको जवाफ दिँदै राज्यकोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी दिए । उनले सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले […]

राप्रपा सांसद धवलशमशेर : ” देशमा परिवर्तनको हावा चलिसक्यो “

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद राणाले अहिले आमनागरिकले सनातन हिन्दु राज्य चाहेको दाबी गरे । ‘देशमा परिवर्तनको हावा चलिसक्यो । देश पूर्ण रूपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दु […]

मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ । स्रोतका अनुसार एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् । नेपाल […]

यो वर्षको एसइई परीक्षा : ‘पाँच लाख १४ हजार ७१ जना सहभागी हुने’

Artharajniti  ~ माध्यमिक शिक्षा परीक्षा(एसइई) को तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित सबै ठाउँमा प्रश्नपत्र पुर्‍याउने लगायत सबै काम सकिएको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै परीक्षा तयारी पूरा भइसकेको जानकारी दिए। ‘एसइई परीक्षाका लागि हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम सकाएका छौँ, सम्बन्धित सबै […]

” डेमोक्रेसी भनेको हाइवे हो, हाइवेमा ब्याक गेयर लगाइँदैन” : प्रधानमन्त्री ओली

Artharajniti  ~   प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न समय लाग्ने बताएका छन्। आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले योजनाहीन धैर्यता र सक्रियता नभई योजनावद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताए। उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि […]

पूर्वविशिष्टलाई सुविधा थप्ने तयारीमा सांसदहरूको चर्को आपत्ति

Artharajniti  ~  प्रतिनिधिसभा बैठकमा पूर्वविशिष्टहरूलाई आजीवन सेवा सुविधा दिने तयारीबारे सांसदहरूले चर्को आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा बोल्दै उनीहरूले राज्यलाई भार थपिने गरि पूर्वविशिष्टहरूलाई सुविधा थप्ने कुरा आपत्तिजनक बताएका हुन् । सांसदहरूले यो तयारीबाट सरकार पछि हट्नुपर्ने बताए । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्टलाई आजीवन सुविधा दिनु देशको […]