प्रधानमन्त्री अोलीको चीन भ्रमण
Artharajniti ~ परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमण गर्ने जानकारी गराएको हो । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा त्यहाँ जान लागेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग समेत भेटवार्ता गर्ने जनाइएको छ । […]
