रिहा भएपछि रवि : ” यो प्रसव पीडाजस्तै परिवर्तनको पीडा हो “

Artharajniti   ~  पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेको पिडा परिवर्तन जन्मिने बेलाको प्रसव पिडा जस्तै भएको बताएका छन् ।  बिहीबार साँझ चितवन जिल्ला अदालतले मागेको ५४ लाख धरौटी बुझाएर रिहा भएसँगै अदालत परिसरमा बोल्दै लामिछानेले परिवर्तन जन्मिने बेलाको पीडा भएकाले आफूहरूले रुनु नपर्ने बताए । उनले परिवर्तन जन्मिएरै छोड्ने बताए ।लामिछानेले […]

पाथीभरा केबुलकारको विषय जोडेर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत : राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत भएको जनाएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले व्यक्तिगत विषयमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंकलाई जोड्नु गलत भएको बताएका हुन् । ‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल […]

रविमाथिको थुनछेक बहस आज पनि जारी

Artharajniti  ~  साहारा चितवन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ । हिजो (बुधबार) जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयान पछि सुरु भएको थुनछेक बहस नसकिएकाले आज पुनः बहस हुने भएको हो । बुधबार बहस नसकिए पछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक […]

आज संसद्का दुवै सदनको बैठक बस्दै

Artharajniti   ~  संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रिसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । बैठकमा सरकारले […]

बेलायती राजकुमारी नेपालमा

Artharajniti   ~  बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्डकी श्रीमती सोफी काठमाडौं आइपुगेकी छन्। मंगलबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन्। उनी एडिनबर्गकी डचेस हुन्। उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरेका थिए। ड्युक एड्वार्ड पनि मंगलबार नै काठमाडौं आइपुग्नेछन्। उनीहरूको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। उनलाई ‘ख श्रेणी’को सुरक्षा व्यवस्‍था […]

प्रधानमन्त्री ओलीबाट एचपीभी खोप अभियान शुभारम्भ

Artharajniti   ~  प्रधानमन्त्री  केपी शर्मा ओलीबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौँ महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् ।

संसद् बैठकको शुरुमै रास्वपाको अवरोध

Artharajniti   ~  प्रतिनिधि  सभाको पाँचौँ अधिवेशनको हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई भनेका […]

निलम्बन फुकुवा गर्न रवि लामिछानेको माग

Artharajniti  ~   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवाको मागसहित निवेदन दिएका हुन्। सभामुख घिमिरेलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण […]

माघ १८ गतेका लागि सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान

Artharajniti   ~ सरकारको सिफारिसमा राष्ट्रपतिले माघ १८ गतेका लागि सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको छ । विधेयक अधिवेशनका रुपमा चिनिएको आगामी सत्रमा कानुन निर्माण मात्र होइन, चार महिनादेखि थाती रहेका विषय र मुद्दाहरूले प्राथमिकता पाउने देखिन्छ । अधिवेशनको पूर्वसन्ध्यामा सभामुख देवराज घिमिरेले गर्नुभएको निरन्तरको संवाद, छलफल र बैठकहरूमा सत्तापक्ष र प्रतिपक्षले उठाएका सवालले […]

सबै जातजातिको संस्कृति संरक्षणमा राष्ट्रपति पौडेलको जोड

Atharajniti   ~  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबैको आफ्नै संस्कृति रहेको उनले उल्लेख गरे । राष्ट्रपति भवन शीतल निवासमा दीप प्रज्वलन गरी आज सोनाम ल्होसारको शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले […]