देउवा बैठकमा सहभागी नहुने  भएपछि संवैधानिक परिषद्को बैठक स्थगित

अर्थ राजनीति ~ प्रमुख प्रतिपक्षी दलका नेता बैठकमा सहभागी नहुने  भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका थिए ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरको प्रदर्शन अगाडि बस्ने बैठकमा नआउने सन्देश शनिबार पठाए । विपक्षी दलका नेता नै अनुपस्थित हुने भएपछि […]

सोमबारबाट अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

अर्थ राजनीति ~ विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देश अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । अमेरिकाले फाइजर/बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेर बताएको छ । एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै  अमेरिकालाई अनुमति दिएको थियो […]

डिजेल, पेट्रोल र मटितेलको मूल्य वृद्दी

अर्थ राजनीति ~ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर भएको निगमले बताएको छ ।

शोक मनाएर बैठक स्थगित गर्ने

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दै । गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । आज एक बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको मृत्यु  भएकाले शोक मनाएर बैठक स्थगित गर्ने जानकारी छ […]

कोभिड-१९ संक्रमणबाट अमेरिकामा एकै दिन तीन हजार जनाभन्दा बढीको मृत्यु

अर्थ राजनीति ~ कोभिड-१९ संक्रमणबाट अमेरिकामा एकै दिन तीन हजार जनाभन्दा बढीको मृत्यु भएको छ। बुधवार एकै दिन तीन हजार जनाको मृत्यु भएको वासिङ्टन पोस्टलाई उद्धृत गर्दै  न्युयोर्क पोष्टले जनाएको छ । यो हालसम्मकै उच्च रेकर्ड भएको उसले जनाएको छ ।  कोरोना संक्रमणका कारण अमेरिकामा दुई लाख ८९ हजार २९८ जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन माथि करछलीको आरोप

अर्थ राजनीति ~ अमेरिकाका  राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन माथि करछलीको आरोप लागेको छ । हन्टर बाइडेन अनुसन्धानमा परेको छन् । हन्टरको करसम्बन्धी सम्पूर्ण मामिलाको अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा भइरहेको  छ । जो बाइडेनका छोरा हन्टर बाइडेनले यस विषयमा आफूले निकै गम्भीरताका साथ लिएको र जाँचबुझबाट आफू करका विषयमा ‘कानुनी’ तथा ‘सही’ ढंगबाट अघि […]

मुटुरोग रोग विषेशज्ञ डा. लव जोशीको निधन

अर्थ राजनीति ~ वरिष्ठ मुटुरोग विशेषज्ञ लव नरसिंह जोशीको बुधबार मृत्यु  भएको छ । उनलाई  रक्त क्यान्सर (एक्युट माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४) भएको थियो । डा. जोशीको उपचारमा दिल्लीका क्यान्सर रोग विशेषज्ञहरुको अनलाइन परामर्शसँगै मेडसिटीको टिम खटेको थियो । उनले ओम अस्पताल होस् या मेडिसिटी, उनले मुटुरोग विभाग र आईसीयूको नेतृत्व गरे । मेडिसिटी अस्पतालको […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । कास्कीका ४, ललितपुरका ३, सिराहा, सर्लाही, काठमाडौं, नुवाकोट, अर्घाखाँची र रुपन्देहीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ

अर्थ राजनीति ~ जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ  ।  मङ्सिर २० गतेदेखि सुर्खेतमा सञ्चालन भइरहेको  प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ […]

मंसिर २८ गते देखि मनकामना मन्दिर र केवलकार खोल्ने

अर्थ राजनीति ~ मनकामना क्षेत्र विकास समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मंसिर २८ गते देखि मनकामना मन्दिर र मनकामना केवलकार खोल्ने निर्णय गरेको छ। समितिका अध्यक्ष रामकुमार जोशीको अध्यक्षतामा बसेको बैठकले मन्दिर र केवलकार आइतबारदेखि खोल्ने निर्णय गरेको हो । यो निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र पठाएको छ । कोरोनाका कारणले मन्दिर […]