माओवादीलाई साँघुरो भयो पेरिसडाँडा, व्यांक्वेटमा बोलाइयो केन्द्रीय समिति बैठक

अर्थ राजनीति   ~  अपुरो केन्द्रीय समिति घोषणा गर्दै आठौं राष्ट्रिय महाधिवेशन अन्त्य गरेको नेकपा माओवादी केन्द्रले आज पदाधिकारी चयनको तयारी गरेको छ । आज अपराह्न तीन बजे नवनिर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बसेर पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ । तर अपुरो केन्द्रीय समितिलाई नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा साँघुरो भएको छ । त्यसैले सानेपा हाइटस्थित […]

राष्ट्रियसभा चुनावमा भागबण्डा मिलाउन गठबन्धनका नेताहरुबीच बैठक

अर्थ राजनीति  ~  राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० बजेपछि गठबन्धनका शीर्ष नेताबीच राष्ट्रियसभामा गठबन्धन बनाएर जानेबारे छलफल जारी छ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर राष्ट्रियसभा चुनावमा जाने तयारीमा छन् । आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० […]

जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीको बिरोध प्रदर्शन जारी

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । आज पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारी तथा कानून व्यवसायीले आन्दोलन गरेका हुन् । प्रर्दशनका क्रममा सञ्चारकर्मीसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि […]

स्वास्थ्य मन्त्रालय : “ओमिक्रोन थप फैलिन नदिन सम्बन्धित निकाय सतर्क रहनू “

अर्थ राजनीति  ~  स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ । पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो । सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण […]

एमसिसीविरुद्ध साना वामपन्थी दल सडकमा

अर्थ राजनीति  ~ एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् ।  नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले माइतीघर मण्डलामा  विरोध  प्रदर्शन गरेका हुन् । उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका […]

माओवादी स्थायी समिति बैठक सुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्दै

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका अनुसार प्रदेश र प्रवासबाट केन्द्रीय कार्यसमितिमा आकांक्षी केन्द्रीय सदस्यहरूको […]

एमाले जिल्ला अधिवेशनमा करिब ६ सय प्रतिनिधि सहभागी हुने

अर्थ राजनीति  ~ नेकपा एमाले लमजुङको आसन्न जिल्ला अधिवेशनका लागि करिब ६ सय प्रतिनिधिहरूले सहभागिता हुने भएका छन् । आगामी २३ गते हुने आठौं जिल्ला अधिवेशनमा जिल्ला भरिबाट प्रतिनिधित्व गर्दै करिब ६ सय प्रतिनिधिहरूले सहभागिता जनाउने भएका हुन् । नेकपा एमाले जिल्ला संगठन अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार नेकपा एमाले लमजुङका अनुसार अधिवेशनको बन्दसत्रमा जिल्लाका ७५ […]

महाधिवेशन हारेका र आफूलाई सघाएकाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै देउवा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा ‘मौन’ बसेका र पराजित भएका नेताहरूलाई केन्द्रीय समितिमा समेटेका छन्। देउवाले समावेशी सिद्धान्तका आधारमा केन्द्रीय समितिमा ३३ जनालाई मनोनीत गर्न पाउँछन्। शनिबार उनले नेता रामचन्द्र पौडेललाई पनि केन्द्रीय सदस्य मनोनीत गरे। पौडेल मंसिर २४ देखि २७ गतेसम्म भएको महाधिवेशनको प्रक्रियाबाटै अलग रहेका थिए। […]

प्रचण्डले दिउँसो १ बजे बन्दसत्रमा जवाफ दिने, अहिले स्थायी कमिटी बैठक जारी

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको बन्दसत्र अन्तर्गत दिउँसो १ बजे प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका […]

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

अर्थ राजनीति  ~  दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताएका छन् । अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उहाँले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु […]