केपी ओलीलाई मनाउने जिम्मा प्रधानमन्त्री देउवालाई

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ […]

” एमाले एक्लै चुनावमा जान्छ ” : नेकपा एमाले अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको बताएका छन् । पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै उनले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन् । एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता […]

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग

अर्थ राजनीति  ~  नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् । महासङ्घका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले हिन्दू राष्ट्रका लागि चितवनबाटै धार्मिक […]

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। ‘असंवैधानिक’ केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध बुधबार उजुरी परेको हो। विधानविपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजीको माग भएको छ। चौधरीको पद खारेज गर्दै उक्त पदमा आफ्नो नाम […]

जबरा पत्नीको ठमेल, भाटभटेनी र धुम्बाराहीको जग्गाको स्रोत खोज्न माग

अर्थ राजनीति  ~  डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाकी श्रीमती रेजी राणाको नाममा रहेको घरजग्गाको विवरण सम्पत्ति शुद्धीकरण विभागलाई बुझाउँदै छानबिनको माग गरेका छन्। केसीले पछिल्ला १३ वर्षमा रेजीले ठमेल, धुम्बाराही र भाटभटेनीमा कमाएको करिब तीन रोपनी जग्गाको स्रोत छानबिन गर्न माग गर्दै मंगलबार विभागलाई पूरक निवेदन बुझाएका हुन्। यसअघि केसीले राणा, उनको परिवार […]

अमेरिकामा कोरोना प्रकोप, चार दिनमा तीन हजारभन्दा बढी विद्यालय बन्द

अर्थ राजनीति  ~  अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरु निकै नै बढ्दै गएको देखिएको छ । बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस […]

खरिद गरेको १५ महिनापछि रेल सञ्चालनको तयारीमा

अर्थ राजनीति  ~  सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद गरेको नेपाली ध्वजावाहक रेल १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो । मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने […]

प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित

अर्थ राजनीति  ~  भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ । भारतीय सञ्चार माध्यम एएनआईले ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको उल्लेख गरेको छ । यो समिटमा भाग लिन जनवरी ९ तारेख अर्थात पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको […]

मन्त्री पौडेल केएमसीमा, २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट दिन निर्देशन

अर्थ राजनीति   ~  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजमा पुगेका छन्। कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि बुझ्न मन्त्री पौडेल आज भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन्। मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर कलेजले लिइरहेको शुल्कबारे भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन पनि दिएका […]

ललितानिवासको जग्गा प्रकरण : पूर्वगृहसचिवसहित चार सयविरुद्ध पक्राउ पुर्जी

अर्थ राजनीति  ~  बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट चार सयभन्दा धेरै प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई प्रहरीले पक्राउ गर्न भने चासो दिएको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अन्तिम चरणमा पु¥याएको यो प्रकरणमा धेरैलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । बिचौलियाहरू शोभाकान्त ढकाल, रामकुमार […]