चल्न थाले सार्वजनिक यातायात

Artharajniti  ~  यातायात व्यवसायीले आन्दोलन स्थगित गरेसंगै आज बिहानदेखि सार्वजनिक गाडी चल्न थालेका छन् । मंगलबार बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

“छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छ” : अध्यक्ष दाहाल

Artharajniti  ~  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जातीय विभेद तथा छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्ने विचार व्यक्त गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम नेपाली जनताले मानव जातिको इतिहासमा सामाजिक कलङ्ककै रुपमा रहेको बताए […]

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

Artharajniti  ~  प्रतिनिधि सभाको बैठक  दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा बस्न सकेन। विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकोले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री […]

एकैदिन ७० अर्ब तान्दै राष्ट्र बैँक

Artharajniti  ~  नेपाल राष्ट्र बैँकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ उठाउने भएको छ । पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । यसअघि एकै दिन ८० अर्ब रुपैयाँ  तानेको थियो । राष्ट्र बैँकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैँक तथा वित्तीय […]

नेपाललाई विश्व बैंकको ३५ अर्ब सहयोग

Artharajniti   ~   विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका दुई परियोजनालाई स्वीकृति दिएको हो । यस सहयोगमार्फत नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने र सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ […]

राजावादीहरुले आज पनि प्रदर्शन गर्दै

Artharajniti  ~  राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गर्दैछन् । आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए । उनीहरुले सोमबार जेठ १९ गते सोमबार विरोध प्रदर्शन गरेका थिएनन् । जेठ १९ गते नारायणहिटी दरबार […]

राजावादी आन्दोलन : जेठ १५ गते चनाखो भएर अनुगमन गरिदिन अपिल

Artharajniti  ~  राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा जस्तै सरकारले नियोजित रुपमा आक्रमण गरी प्रदर्शनलाई अराजक र हिंसात्मक बनाउने सम्भावना देखिएकोले विशेष चनाखो रही अनुगमन गरिदिन मानवअधिकारवादी सङ्घ संस्था र सञ्चार जगतलाई आग्रह गरेको छ । बुधबार समितिका संयोजक नवराज सुवेदीले एक अपिल जारी गर्दै सो आग्रह गरेका हुन् । उनले यसपटक […]

गृहमन्त्रीको राजीनामा माग्ने, बजेट नरोक्ने विपक्षी दलको निर्णय

Artharajniti  ~   नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूको बैठक बसेको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषयलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ। बैठकमा नेकपा (माओवादी केन्द्र), रास्वपालगायत विपक्षी दलका नेताहरू सहभागी थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्न माओवादी र […]

प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा छलफल

Artharajniti  ~  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुबीचको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले उठेका विषयमा संसदमा प्रस्ट पार्ने सहमति भएको छ । विपक्षीले सदन अवरुद्ध गर्ने नीति लिएपछि प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, […]

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

Artharajniti  ~  विपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। भिजिट भिसाका नाममा भएको अर्बौँ अवैध असुली प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीहरूले सदन चल्न दिएका छैनन्। मंगलबार बैठक सुरु हुनसाथ आफ्नो कुरा राखेर विपक्षीहरू माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतले बैठक चल्न दिएनन्। त्यहीबीच सभामुख देवराज घिमिरेले सत्तारुढ कांग्रेसका प्रमुख […]