“माओवादीले सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्यांकन गर्नेछ : प्रचण्ड

Artharajniti  ~   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताएका छन्। शुक्रबार तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा भेटघाट कार्यक्रममा उनले सहिदकै योगदानका कारण मुलुक यो अवस्थामा आइपुगेकाले उक्त योगदान भुल्न नहुने बताए। बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिलाई पार्टीकै पहलमा राष्ट्रिय सम्मान दिइएको बताउँदै अध्यक्ष […]

बाबुरामप्रति कमल थापाको टिप्पणी : ‘हताश मानसिकता उदाङ्गो भयो’

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमा हताश मानसिकता देखिएको टिप्पणी गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यलाई लिएर भट्टराईले गरेको टिप्पणीमाथि थप टिप्पणी गर्दै दल र सरकारलाई कुनै आलोचना नगरेका राजा शाहप्रति खनिनु भनेको दुर्भाग्य भएको बताएका हुन। ‘मेरो सहपाठी मित्र बाबुराम भट्टराईको हताश मानसिकता […]

बालेनले ओलीलाई भने : ” नेपाली भएर बाँच्ने आधार त दिनुस् “

Artharajniti   ~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् । आज फागुन ९ गते शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेका हुन् । राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा […]

” बैंकिङ क्षेत्र धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको छ ” : पूर्वकार्यकारी निर्देशक थापा

Artharajniti  ~  राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकारअन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकारअन्तर्गतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएकाले काम […]

कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द

Artharajniri  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ । यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भारतीय स्रोतका अनुसार पूर्व प्रधानमन्त्री देउवासँग भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि यो कार्यक्रम अन्तिममा आएर देउवाले स्थगित गरेका हुन् । […]

स्वर्गद्वारी घाटमा गरियो प्रकृति लम्सालको अन्तेष्टि

Artharajniti  ~  भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो। शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए। उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए। उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको […]

“पूर्व राजालाई याेगेश भट्टराई : ” फेरि राजा बन्ने सपना नदेखे हुन्छ “

Artharajniti  ~  नेकपा एमाले नेता याेगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न चेतावनी दिएका छन्। प्रजातन्त्र दिवसका अवसरमा शाहले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै भट्टराईले आफ्नै कारणले राजतन्त्र अन्त्य भएको नबिर्सन आग्रह गरे।’उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो,’ आज बिहान सुर्खेतका आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘फेरि […]

” राजसंस्थालाई स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुन्छ ” : अध्यक्ष राजेन्द्र लिङ्देन

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई कुनै न कुनै रूपमा स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुने जिकिर गरेका छन् । उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति समय सान्दर्भिक भएको समेत बताए ।‘षड्यन्त्रपूर्वक राजसंस्था र हिन्दु राष्ट्रको अन्त्य गरियो अनि संघीयताको बोझ देशलाई बोकाइयो’, बुधबार रातोपाटीसँग कुरा गर्दै […]

प्रतिनिधि सभाको बैठक बस्दै

Artharajniti   ~  संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको […]

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज फेरि ४० अर्ब तरलता खिच्दै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले  आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले बजारमा अधिक तरलता भएको र त्यसलाई व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेको जनाएको छ । बैंकका अनुसार आज उक्त २२ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले छ । राष्ट्र बैंकले गत […]