जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

Artharajniti  ~  जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको […]

अर्थमन्त्री खनालसँग पोखराका पर्यटन व्यवसायीको भेट

Artharajniti  ~  अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेर पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएका छन् ।पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भेट गरी अर्थमन्त्री खनाललाई पर्यटन क्षेत्रको पुनः उत्थानलगायत विषयमा ध्यानाकर्षण गराइएको हो । उक्त अवसरमा मन्त्री खनाललाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र पनि बुझाइएको थियो ।भेटमा परिषद्का पूर्वअध्यक्ष एवं […]

आज मन्त्रिपरिषद् बैठक बस्दै

Artharajniti  ~  आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।

“पार्टी र देशको भविष्यका लागि कठोर निर्णय लिनु जरुरी छ ” : महामन्त्री थापा

Artharajniti  ~  कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र आमुल सुधारका लागि नियमित वा विशेष महाधिवेशबाट नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले शनिबार भिडियो सन्देशमार्फत उनले जेन-जी आन्दोलनले उठाएका मागलाई सम्बोधन गर्न पनि सबैभन्दा पहिला पार्टीमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताए । उनले पार्टीको पुनर्गठन नभए आन्दोलनमा व्यक्त भएको भावना र युवाहरूको अपेक्षा सम्बोधन गर्न […]

काठमाडौं–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

Artharajniti  ~  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलो पटक काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं उडान सेवा सुरू गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि […]

ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने

Artharajniti  ~  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग  फिर्ता हुने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दियो।तत्कालीन प्रधानमन्त्री केपी […]

मन्त्रालयबाट चोरी गरेका सामग्री फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह

Artharajniti  ~  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते विभिन्न सामग्री चोरी भएकाले तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका कारण चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको मन्त्रालयले उल्लेख गरेको छ । यस्तै, टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, […]

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

Artharajniti  ~  प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनमा कुराकानी भएको छ। बिहीबार उनीहरूबीच कुराकानी भएको हो। प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीसँग के-के विषयमा कुराकानी गरेको हो भन्नेबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराउने तयारी गरेको छ। भारतीय प्रधानमन्त्री मोदीले भने नेपालको अन्तरिम प्रधानमन्त्री कार्कीसँग आत्मीय कुराकानी भएको बताएका छन्। उनले सामाजिक सञ्जाल […]

उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

Artharajniti  ~  गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय जानुभई जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिनुभएको छ ।सो अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । गृहमन्त्री अर्यालले भन्नुभयो, “आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको सदायताप्रति […]

त्यो अन्तिम मन्त्रिपरिषद् : ओलीले भनेका थिए, ‘पछि हटिन्नँ’

Artharajniti  ~  जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते काठमाडौँमा १९ जनाको मृत्यु भइसकेको थियो । त्यसको समीक्षा गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाए ।करिब दुई घण्टा ढिलो गरी सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीले ‘कहाँ गल्ती भयो ? यति ठुलो घटना कसरी भयो ? भन्ने […]