बीपी राजमार्ग अनुगमन गरी फर्किए कुलमान

Artharajniti  ~  भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग अवलोकन गरेर काभ्रेबाट फिर्ता भएका छन् । बाढीपहिरोले क्षतविक्षत बनाएको सडक र त्यसको मर्मतका लागि भइरहेको कामको अनुगमन गर्न मन्त्री घिसिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहित काभ्रे गएका हुन् । उनले रोशी गाउँपालिका र नमोबुद्ध […]

“गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्छ ” : महेश बर्तौला

Artharajniti  ~  नेकपा (एमाले)का नेता महेश बर्तौलाले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने माग गर्नुभएको छ । राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई गिरफ्तार गर्नुपर्ने उहाँको माग छ । आफ्नो सामाजिक सञ्जालमा प्रहरी प्रशासन सम्बन्धी तथा हातहतियार सम्बन्धी सम्पूर्ण जानकारी हुनुपर्ने उल्लेख गर्दै उहाँले गृहमन्त्री अर्यालले जेनजीको आन्दोलनभित्र सुनियोजित रुपमा घुसपैठ गरी शान्ति भड्काउने, हिंसा भड्काउने […]

तत्काल नेतृत्व छाड्ने मनस्थितिमा छैनन् ओली

Artharajniti  ~  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ता छाडेर नेपाली सेनाको ब्यारेकबाट बाहिर निस्किएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रदेश र जिल्ला अध्यक्षहरूसँग बैठक गरेका छन् । जेनजी आन्दोलन र त्यसपछाडिको अवस्थाबारे बैठकमा प्रदेश र जिल्लाका अध्यक्ष तथा इन्चार्जहरूले सवाल उठाए भने र नेतृत्व हस्तान्तरणको बहस […]

“फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ ” : प्रधानमन्त्री कार्की

Artharajniti  ~ प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावास र नियोग प्रमुखहरुलाई आज भर्चुअल सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले नेपालमा हालै भएको जेनजी प्रदर्शन पछिको नयाँ राजनीतिक परिवेश र त्यसपछि गठन भएको अन्तरिम सरकार र त्यसले गरिरहेका कामहरुबारेमा दूतावास र नियोग प्रमुखहरुलाई जानकारी गराउनुभयो ।त्यसक्रममा प्रधानमन्त्री कार्कीले हाल देशमा आर्थिक गतिविधिहरु पूर्ववत रुपमा […]

बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी

Artharajniti  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी पनि परेको छ। युवराज सफल भनिने युवराज पौडेलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको छ। उक्त जाहेरीलाई भदौ […]

साइबर ब्युरोमा महेश बस्नेतसँग सोधपुछ

Artharajniti  ~  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले ‘सोधपुछ’ गरेको छ । भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर बस्नेतसँग सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले बताए । विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेका जाहेरीबारे बयान दिन बुधवार बस्नेत ब्युरोमा उपस्थित भएका हुन् । उनीसँग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको छ । बस्नेतविरुद्धको जोहेरी […]

गृहमन्त्रीले सोधे, ‘मंगलबार नै पक्राउ गर्न मिल्दैन ?’

Artharajniti  ~  भदौ २३ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूको हत्या भएको भन्दै जेनजी प्रतिनिधिहरूले सामाजिक सञ्जालमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न अभियान चलाइरहेका छन्। सोमबार साँझ ‘हामी नेपाल’ समूहका संयोजक सुदन गुरुङसहितको टोली काठमाडौँ जिल्ला प्रहरी परिसरमा जाहेरी नै लिएर पुगेका थिए । यद्यपि प्रहरीले उक्त जाहेरी दर्ता गर्न […]

अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाद्वारा प्रदर्शन

Artharajniti  ~  जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । प्रदर्शनमा सहभागी अमित खनाल ओझाले नैतिकताको आधारमा अख्तियार प्रमुख प्रेम कुमार राईले राजीनामा दिनुपर्ने बताए […]

प्रचण्ड : “संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिर हुन्छ “

Artharajniti  ~  नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा उभिएको छ ।यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरित गर्दा नै चुनावको पक्षमा उभिने निर्णय भएको हो ।अझै चुनाव हुने वा नहुने भन्ने अन्योल राजनीतिकदलहरू र […]

निर्वाचन तालिका आइसक्यो, सरकार र दलहरूबीच छैन संवाद

Artharajniti  ~  सरकार गठन भएको करिब एक महिना पुग्न लागेको छ । जेन–जी आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको तीन सातासम्म पनि राजनीतिक दलहरु र सरकारबीच औपचारिक संवाद सुरु हुन सकेको छैन । निर्वाचन आयोगले फागुन २१ को चुनावका लागि सोमबार निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकेको छ। आन्दोलन र त्यसपछिको आगजनीका कारण […]