प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग छलफल गर्दै

Artharajniti  ~  प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनमा सहभागी हुन दलहरूलाई अपिल गर्ने उद्देश्यले आज निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका नेताहरूसँग संयुक्त छलफल गर्ने लाग्नुभएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे छलफलको लागि बोलाइएको हो । आगामी फागुन २१ गते हुने भनिएको चुनावका लागि दलहरु दर्ताको प्रक्रिया चलिरहेको बेला प्रधानमन्त्रीले […]

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

Artharajniti  ~  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मंगलबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल भई निर्णय आवश्यक हुने बताइएको छ ।

मतदानको लागि ६ लाख नयाँ मतदाता थपिए

Artharajniti  ~  निर्वाचन आयोगले ६ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार रातिसम्म अद्यावधिक विवरणअनुसार आयोगका विभिन्न कार्यालय पुगेर ३ लाख ११ हजार ४१५ मतदाताले फोटो खिचाएर मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। त्यस्तै राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक विवरणमार्फत् ३ लाख ८ हजार ५८५ जना मानिसहरूको मतदाता नामावलीमा नाम […]

दुर्गा प्रसाईं पक्राउ

Artharajniti  ~  सोमबार राति भक्तपुरस्थित निवासबाट प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। सोमबार अबेर राति प्रहरीले प्रसाईलाई पक्राउ गरेको स्रोतले बतायो। उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ। उनीमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो। प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए। प्रसाईं पटकपटक पक्राउ परिसकेका छन्। यसअघि […]

“निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छ” : संयोजक दाहाल

Artharajniti  ~  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका  छन् । न्युजसँग कुरा गर्दै उनले संयोजक दाहालले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन् । उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताए । उनले सरकारले घोषणा गरेको […]

सडक डिभिजनले तोड्यो २५ निर्माण कम्पनीसँगको ठेक्का

Artharajniti  ~  काठमाडौं सडक डिभिजनले सम्झौताअनुसार काम नगर्ने २५ निर्माण कम्पनीसँगको ठेक्का तोडेको छ। सोमबार सूचना प्रकाशित गरी सडक डिभिजन काठमाडौंले २५ निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरेको र उनीहरूलाई १५ दिनभित्र फरफारक गर्न पनि निर्देशन दिएको डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए।‘निर्माण व्यवसायीहरूद्वारा निर्धारित समयसिमा भित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको, सो पश्चात समेत निर्माण […]

राष्ट्र बैंकले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध […]

” चेक अनादरमा अपराधिकरण नगर्ने कि भन्ने सोचमा छौं ” : गभर्नर

Artharajniti  ~  दोहोरोपना हटाउँदा १० लाख ऋणीमा डेढ लाख मानिस कालो सूचीमा परेको भन्दै गभर्नर डा‍. विश्वनाथ पौडेलले चेक अनादरमा लचिलो नीति लिने विषयमा छलफल भईरहेको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको छैठौं वार्षिक साधारण सभामा काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर पौडेलले यस्तो जानकारी गराएका हुन्। पौंडेलले भने, ‘दोहोरोपना हटाउँदा अहिले करिब १० लाखले कर्जा […]

“कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ ” : सञ्चारमन्त्री

Artharajniti  ~   एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा दक्षिण कोरियाको राजधानीमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई) को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताएका छन् ।‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उनले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताएका हुन् । साथै उनले मुलुकलाई सूचना […]

कोशीमा हर्क र कुलमान प्रभाव : एमालेको ‘गढ’मा नयाँ दलको काउन्टर

Artharajniti  ~  जेनजी आन्दोलनपछि परम्परागत दलहरूको वर्चस्वमाथि गम्भीर प्रश्न उठिरहेका बेला आगामी फागुन २१ मा निर्वाचन भए यो जनमतमा निकै फेरबदल हुने सम्भावना छ । लामो समयदेखि सत्ताको बागडोर सम्हालेका एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रजस्ता दलहरूको ‘भोट बैंक’ खल्बलिएको छ, जसको प्रत्यक्ष फाइदा नयाँ र वैकल्पिक शक्तिहरूले उठाउने देखिन्छ । कोशी प्रदेशमा पहिचानको आन्दोलनदेखि […]