” बैंकको ब्याजदर कम हुँदै छ “: गभर्नर अधिकारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदरमाथिको दबाब विस्तारै कम हुँदै गएको बताएका छन् । केन्द्रीय बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले बैंकिङ प्रणाली सुदृढ रहेको तर्क पनि गरे । पछिल्लो समय खराब कर्जा बढ्दै जाँदा बैंकहरूमाथि निरन्तर दबाब पर्दै आएको छ । साथै उच्च ब्याजदरका कारण निजी क्षेत्र बैंकप्रति […]

रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएका छन्। सभामुख देवराज घिमिरेले आजै ११ : ३० बजे उनीहरुलाई सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्। प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ। सभामुख देवराज घिमिरेले  उनीहरुलाई पद तथा […]

माओवादीका अयोग्य लडाकुलाई राहत बाँड्ने कार्यविधि तयार

अर्थ राजनीति  ~  देशको आर्थिक अवस्था नाजुक बनेको बेला सरकारले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा ठूलो रकम बाँड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गत फागुनमै अयोग्य लडाकुलाई प्रतिब्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय मन्त्रिपरिषद्बाट गराउनु भएकोमा अहिले रकम वितरणका लागि कार्यविधि तयार पारिएको छ । मन्त्रिपरिषद्को निर्णय बाहिरिएपछि सत्तारुढ अन्य […]

” रास्वपाको उदय सकारात्मक ठान्दछु ” डा. भट्टराई

अर्थ राजनीति  ~  नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ पार्टीहरुको उदय सकारात्मक भएको बताएका छन् । भट्टराईले एक–अर्काको अनुभवबाट सिक्दै देशको अर्थ–राजनीति र भू–राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न समेत आह्वान गरेका छन् ।

सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई

अर्थ राजनीति :  जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन्। वैशाख १० मा भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए। यहाँ सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाबीच रोचक प्रतिस्पर्धा भएको थियो। […]

“सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ ” : ईश्वर पोखरेल

अर्थ राजनीति  ~  नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाएका छन् । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन […]

प्रतिनिधिसभा बैठक बस्दै : संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरिने

अर्थ राजनीति  ~  आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आजको सम्भावित कार्यसूचीमा उल्लेख भए अनुसार संवैधानिक परिषद् सम्बन्धी विधेयक आजै पारित गरिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने […]

महामन्त्री विश्वप्रकाश : ” बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ “

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताएका छन् । महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’ […]

गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

अर्थ राजनीति  ~  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएकाे छ । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनकाे लागि प्रदेश प्रमुख गुरुङले आह्वान गर्नुभएकाे हाे । प्रदेश प्रमुख गुरुङ द्वारा  नयाँ सरकार गठनका लागि आजदेखि ३ दिन अर्थात् वैशाख १४ […]

चितवन–२ को मतगणना सकियो, रेकर्ड ब्रेकसहित रवि लामिछाने विजयी

अर्थ राजनीति  ~  चितवन २ को मतगणना सम्पन्न भएको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणना मङ्गलवार मध्याह्न सम्पन्न भएको हो । निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् । चितवन २ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए । […]