प्रहरीले बुझायो झन्डै ३ हजार पेजको प्रतिवेदन

अर्थ राजनीति  ~  नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानवीन गरिरहेको नेपाल प्रहरीले तयार पारेको झण्डै ३ हजार पेजको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा बुझाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने गिरोहबिरुद्ध प्रहरीले राज्य बिरुद्धको अपराध, संगठित अपराधका साथै ठगी मुद्दामा कारवाही हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । […]

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथि आज पनि छलफल

अर्थ राजनीति  ~  सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ । नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको […]

आरजुको उजुरीमा दोहोरो अनुसन्धान, बादलको छोरा खोज्दै प्रहरी

अर्थ राजनीति  ~  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेत्री आरजु राणा देउवा पनि संलग्न भएको अडियो सार्वजनिक भएपछि त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आरजुले दिएको उजुरीमाथि छानबिन मात्र गरेको छैन, अडियोमा उल्लेख गरिएको विषयबारे अनुसन्धान पनि गरिरहेको छ । साथै पूर्वगृहमन्त्री रामबहादुर थापाले […]

” विद्युतको निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ ” : कार्यकारी निर्देशक घिसिङ

अर्थ राजनीति  ~   नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन् । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उनले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताएका हुन् ।  घिसिङले ती देशमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युतले राम्रो दर […]

सरकारको नीति तथा कार्यक्रममाथि आज पनि संसदमा छलफल हुने

अर्थ राजनीति   ~  आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल हुने भएको छ । गत शुक्रबार प्रस्तुत भएको  नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल शुरु भएको हो । आइतबारको  छलफलमा भाग लिँदै सांसदहरूले आफ्ना सुझाव संसदमार्फत सरकारलाई पेस गरेका छन् । सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड, उपलब्ध […]

” आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति छ ” : अध्यक्ष नेपाल

अर्थ राजनीति  ~   सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् मा  सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताएका हुन् । आइतबार ओलीले सरकारले संसद् मा  पेश गरेको […]

“उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउँछ “: अर्थमन्त्री महत

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेका सूचकहरुको सम्बन्धमा भएको छलफलमा उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउने बताएका छन् । संसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । संसदहरुको जवाफ दिँदै मन्त्री महतले नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने बताए । उनले भने ‘बढि भन्दा […]

मेयर बालेन साहले नवउद्यमीका लागि सामाजिक संजालमार्फत मागे आइडिया

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइडिया बैंकका लागि आवेदन पेश गर्न महानगरवासीलाई आब्हान गरेका छन्। आफ्नो चुनावी घोषणापत्रमा रहेको आइडिया बैंक कार्यक्रमलाई काठमाडौं महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गर्दै आवेदन खुल्ला गरेका हुन्। कार्यक्रमलाई काठमाडौं मेट्रो आइडिया एण्ड इनोभेसन  २०८० नाम दिइएको छ। दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विकासका लागि […]

पैसा नभएपछि धमाधम आन्तरिक ऋण नवीकरण हुदै

अर्थ राजनीति  ~  सरकारले ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ऋणपत्र जारी तथा नवीकरण गर्ने भएको छ। राजस्वले खर्च चल्न छाडेपछि सरकारले पुरानो ट्रेजरी बिल नवीकरण गर्ने र नयाँ जारी गर्ने भएको हो। सरकारका लागि नेपाल राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्न लागेको हो। कुल ३४ अर्ब २० करोडमध्ये २ अर्ब रुपैयाँ […]

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि दोहोरो दबाब

अर्थ राजनीति  ~  सांसद विकास कोषमार्फत सांसदलाई दिइँदै आएको बजेटका सन्दर्भमा सरकारलाई दोहोरो दबाब बढेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई कतिपय सांसदहरूले उक्त बजेट आवश्यक नभएकाले आगामी बजेटमा राख्न नहुने दबाब दिँदै आएका छन् भने अधिकांश सांसदहरूले सांसद विकास कोष राख्नुपर्ने भन्दै दबाबका लागि हस्ताक्षर संकलन शुरू गरेका छन् । प्रतिनिधिसभाका सांसदहरूले सांसद विकास कोषका […]