ठेक्का सम्झौता भएको दुुई वर्षपछि सडक निर्माण सुुरु

अर्थ राजनीति ~ ठेक्का सम्झौता भएको दुुई वर्षपछि मुुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक विस्तार र कालोपत्र गर्न विसं २०७८ असोज ४ गते ठेक्का सम्झौता भएको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख प्रजापतिले […]

निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास ठान्न आग्रह

अर्थ राजनीति ~  नेकपा (एमाले) लुम्बिनी प्रदेशमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन् । नेकपा (एमाले)को यही साउन १६ गतेदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट सबै पदमा सहमतीय प्रक्रियामा नेतृत्व छनोट असम्भव भएपछि निर्वाचन भएको थियो । निर्वाचन प्रक्रियालाई निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित राधाकृष्ण कँणेल र उपविजेता हरिप्रसाद रिजालले पार्टीभित्र […]

मानव बेचबिखनविरुद्धको अभियानमा स्थानीय तहको चासो

अर्थ राजनीति ~ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । प्रविधिको विकाससँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको तथ्यलाई आत्मसात् गर्दै स्थानीय सरकारले मानव बेचबिखनविरुद्ध कार्यरत संस्थाहरुसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नगरपालिका विगतदेखि नै सक्रिय भएर लागिरहेको जानकारी दिनुभयो […]

बागमतीमा साक्षर घोषणा अभियान

अर्थ राजनीति ~ सर्लाहीको बागमती नगरपालिकाले मधेस प्रदेशमै पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको छ । प्रदेशमा रहेका एक सय ३६ स्थानीय तहमध्ये बागमती नगरपालिकाले पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको हो । नगरपालिकाले आगामि दुई वर्षभित्र नगरभित्रका सबै नागरिकलाई शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारीक सिकाइ केन्द्रले निर्धारण गरेको साक्षरका १२ […]

जसपा प्रशिक्षणको तयारीमा

अर्थ राजनीति ~ जनता समाजवादी पार्टी, (जसपा) नेपालले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ । ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । यस अघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो । राष्ट्रिय समितिले समिति पुनर्गठन गर्नुका […]

निमोनियाबाट वडाध्यक्ष रिजालको निधन

अर्थ राजनीति ~ काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन […]

मोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

अर्थ राजनीति ~  समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो । मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिनुभयो […]

कर्णालीमा उद्योग दर्ता र नवीकरण शुल्क बढ्यो

अर्थ राजनीति ~ कर्णाली प्रदेश सरकारले महिला, दलित र पिछडिएको वर्गलाई उद्योग व्यवसायतर्फ आकर्षण गर्न कर छुटको नीति लिएको छ । प्रदेश सरकारले जारी गरेको उद्योग नियमावलीअनुसार महिला, दलित र पछाडि पारिएका वर्गले उद्योग सञ्चालन गर्न चाहेको खण्डमा दर्ता र नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिइने छ । महिला, दलित, पिछडिएको वर्ग तथा अपाङ्गता भएका […]

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

अर्थ राजनीति ~  ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने […]

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा छ : गृहमन्त्री श्रेष्ठ

अर्थ राजनीति  ~   उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले भने–  “ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ ।” […]