” मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छ ” : अर्थमन्त्री महत

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताए । ‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ, […]

कांग्रेस केन्द्रीय समितिमा सभापति र महामन्त्रीहरूले आज जवाफ दिने

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ। अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले  केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्। असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। ती […]

सय किलो सुन तस्करीको छानबिन गर्न दुई निकायबीच जुहारी

अर्थ राजनीति  ~  हङकङबाट नेपाल हुँदै भारत तस्करीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलोग्राम सुनको छानबिन प्रक्रियालाई लिएर दुई निकायबीच जुहारी शुरू भएको छ । विमानस्थलबाट बाहिरिएको सुन पक्राउ गरेको राजस्व अनुसन्धान विभागले छानबिन पनि आफूले नै गर्ने भन्दै छानबिन प्रक्रियालाई अघि बढाएको छ । राजस्वले अनुसन्धानमा अन्य निकायको आवश्यकता नरहेको टिप्पणी […]

विमानस्थलको भन्सार कार्यालय पुगे गृहमन्त्री, सुन काण्डबारे बुझ्दै

अर्थ राजनीति  ~  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उनी त्यहाँस्थित भन्सार कार्यालयमा पुगेका हुन् । श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेका छन् । गत […]

सुन बरामद प्रकरणः ६ जना प्रहरीको नियन्त्रणमा

अर्थ राजनीति  ~  त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब १ सय किलो सुन बरामद प्रकरणमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाको आधिकारिकरूपमा पहिचान खुलाइएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार […]

ललिता निवास प्रकरण : आज पनि सर्वोच्चमा सुनुवाइ हुने

अर्थ राजनीति  ~  ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आव पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार पनि बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी […]

” बजेटका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउँछ ” : गभर्नर अधिकारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने उनले बताएका हुन् । बिहीबार प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको बताए […]

” सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भीर” : महासचिव पोखरेल

अर्थ राजनीति  ~  नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरू नै सुन तस्करीमा नाम जोडिँदा समेत कारबाही नगरिएको  गुनासो गरेका छन् । सुन तस्करीको विषय प्रतिनिधिसभा बैठकमा समेत उठ्नुपर्ने महासचिव पोखरेलले बताए । ‘दिनहुँ सुन तस्करीका समाचारहरू आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भइरहेको छ । केही […]

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतको आह्वान

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्। भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ। भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने […]

” सरकार जनताको अवस्था बदल्न प्रतिबद्ध छ ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको बताएका छन् । बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तीव्र्ताकासाथ अघि बढाइरहेको उल्लेख गरे । उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई […]