ब्रेकशु मा बरामद भएको सुन गालिँदै

अर्थ राजनीति  ~   नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर गाल्न थालेको छ। मंगलबार बिहानदेखि सुन गाल्ने काम सुरू भएको छ। यसअघि महाशाखाले सोमबार ब्रेक शुबाट सुन निकालेको थियो। सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। ‘ब्रेक शुबाट छुट्याएपछिको सुन […]

संसदमा सभामुखको व्यवहार पक्षपातपूर्ण , लामिछानेलाई समय दिएनन्

अर्थ राजनीति  ~  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा पक्षपातपूर्ण व्यवहार गरेका छन्। उनले सोमबार बसेको बैठकमा एमालेको अवरोधकै बीच नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई बोल्न दिए। तर एमालेको अवरोधबारे विरोध गर्न खोज्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुखबाट समय पाएनन्। बैठकमा कांग्रेस सांसद शर्माले बोलिरहँदा एमाले सांसदले उभिएर अवरोध गरे, तर नाराबाजी गरेनन्। उनले […]

उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्दै

अर्थ राजनीति ~ उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज जनवादी गणतन्त्र चीनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीन प्रस्थान गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको कुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म […]

निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । प्रधानमन्त्रीले […]

भट्टराई र नेपाललाई पक्राउबिनै बयान लिँदै सीआईबी

अर्थ राजनीति  ~  ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी गरेको छ । ललिता निवास जग्गा घोटाला प्रकरणको छानबिन गरिरहेको सीआइबीले टिप्पणी उठाउने, जग्गा खरिद गर्ने र उक्त जग्गा अपचलनमा कुनै न कुनै किसिमले सहभागी भएका माथि […]

युवामा देशमा केही हुँदैन भन्ने नैराश्यता छायो : मन्त्री लिम्बू

अर्थ राजनीति  ~  युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बूले युवाहरुमा देशमा केही हुँदैन भन्ने नैराश्यता छाएको बताउनुभएको छ । २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री लिम्बूले अहिले नेपाली युवाहरुमा देशमा केही हुँदैन र केही छैन भन्ने नकारात्मक विचार लिएर सबै विदेश जान थालेको बताउनुभएको हो । मन्त्री लिम्बूले युवाहरुलाई […]

“ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ ” : डा. भट्टराई

अर्थ राजनीति  ~  नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताए । पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुग्नुभएका डा. भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताए । चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र […]

आज मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री दाहालको तयारी

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीमण्डल पुनर्गठन गर्ने संभावना रहेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन गर्न लाग्नु भएको हो । माओवादी पार्टीकै भागबाट मन्त्री दिने गरी जनमत पार्टीलाई सरकारमा सामेल गर्न लागिएको बुझिएको छ । जनमत पार्टीले मन्त्री बनाउन अनिता देवी साहको नाम प्रधानमन्त्री […]

राष्ट्रपतिसँग सभामुख र अध्यक्षको भेट

अर्थ राजनीति ~  राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गर्नु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच संसद्मा जारी अवरोध हटाउनेबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ । सभामुख र अध्यक्षले सदन सञ्चालनका निम्ति गरिएका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । भेटमा सभामुख घिमिरे […]

राष्ट्रियसभा बैठक स्थगित

अर्थ राजनीति ~ राष्ट्रियसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद आसनबाट उभिराखेपछि बैठक स्थगित भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा सांसदलाई समय दिनुभएको थियो । बैठकमा गङ्गाकुमारी बेल्वासेले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनजीविकाका सवालमा कुरा राख्न नपाएको बताउनुभयो । उहाँले मुलुकमा डेङ्गुको प्रकोप फैलिएको, लम्पी स्कीन […]