गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

अर्थ राजनीति ~ गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो । गायक सपूतको शब्द÷सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिनुभएको छ । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी […]

ठेक्का सम्झौता भएको दुुई वर्षपछि सडक निर्माण सुुरु

अर्थ राजनीति ~ ठेक्का सम्झौता भएको दुुई वर्षपछि मुुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक विस्तार र कालोपत्र गर्न विसं २०७८ असोज ४ गते ठेक्का सम्झौता भएको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख प्रजापतिले […]

निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास ठान्न आग्रह

अर्थ राजनीति ~  नेकपा (एमाले) लुम्बिनी प्रदेशमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन् । नेकपा (एमाले)को यही साउन १६ गतेदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट सबै पदमा सहमतीय प्रक्रियामा नेतृत्व छनोट असम्भव भएपछि निर्वाचन भएको थियो । निर्वाचन प्रक्रियालाई निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित राधाकृष्ण कँणेल र उपविजेता हरिप्रसाद रिजालले पार्टीभित्र […]

मानव बेचबिखनविरुद्धको अभियानमा स्थानीय तहको चासो

अर्थ राजनीति ~ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । प्रविधिको विकाससँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको तथ्यलाई आत्मसात् गर्दै स्थानीय सरकारले मानव बेचबिखनविरुद्ध कार्यरत संस्थाहरुसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नगरपालिका विगतदेखि नै सक्रिय भएर लागिरहेको जानकारी दिनुभयो […]

बागमतीमा साक्षर घोषणा अभियान

अर्थ राजनीति ~ सर्लाहीको बागमती नगरपालिकाले मधेस प्रदेशमै पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको छ । प्रदेशमा रहेका एक सय ३६ स्थानीय तहमध्ये बागमती नगरपालिकाले पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको हो । नगरपालिकाले आगामि दुई वर्षभित्र नगरभित्रका सबै नागरिकलाई शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारीक सिकाइ केन्द्रले निर्धारण गरेको साक्षरका १२ […]

जसपा प्रशिक्षणको तयारीमा

अर्थ राजनीति ~ जनता समाजवादी पार्टी, (जसपा) नेपालले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ । ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । यस अघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो । राष्ट्रिय समितिले समिति पुनर्गठन गर्नुका […]

निमोनियाबाट वडाध्यक्ष रिजालको निधन

अर्थ राजनीति ~ काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन […]

मोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

अर्थ राजनीति ~  समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो । मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिनुभयो […]

कर्णालीमा उद्योग दर्ता र नवीकरण शुल्क बढ्यो

अर्थ राजनीति ~ कर्णाली प्रदेश सरकारले महिला, दलित र पिछडिएको वर्गलाई उद्योग व्यवसायतर्फ आकर्षण गर्न कर छुटको नीति लिएको छ । प्रदेश सरकारले जारी गरेको उद्योग नियमावलीअनुसार महिला, दलित र पछाडि पारिएका वर्गले उद्योग सञ्चालन गर्न चाहेको खण्डमा दर्ता र नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिइने छ । महिला, दलित, पिछडिएको वर्ग तथा अपाङ्गता भएका […]

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

अर्थ राजनीति ~  ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने […]