भृकुटी मण्डपबाट ८ दलले आज एकता घोषणा गर्दै

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपासहित ८ दलले बुधबार एकता घोषणा गर्दैछन्। काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी केन्द्रबाट ८ दलले एकता घोषणा गर्न लागेका हुन्। आज दिउँसो १ बजे एकता घोषणा हुनेछ। उक्त सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, चिरन सि, राजु कार्कीसहितका नेताहरूले सम्बोधन गर्नेछन्। माओवादी केन्द्र, एकीकृत समाजवादी सहित ८ […]

” चार्जिङ स्टेसन नीति चाँडै परिमार्जन हुन्छ” : ऊर्जामन्त्री घिसिङ

Artharajniti  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनको नीति चाँडै परिमार्जन हुने बताएका छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। मन्त्री घिसिङले विद्युतीकरणको दायरा फराकिलो बनाउन सरकारले यातायात र खाना पकाउने लगायतका क्षेत्रमा बिजुलीको खपतमा जोड दिने नीति लिएको उल्लेख गर्दै त्यसलाई […]

माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ : झलनाथ खनाल

Artharajniti  ~  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुन:गठनमा लाग्न आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण नेपालीको चाहना नेपाली […]

बक्यौता तिरेपछि चार उद्योगको लाइन पुनः जोडियो

Artharajniti  ~  डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुलको बक्यौता रकम तिरेपछि रुपन्देहीमा सञ्चालित चार उद्योगको विद्युत लाइन पुनः ज्डान गरिएको छ । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरुको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी […]

बाराका ३ ठुला उद्योगले महसुल बुझाए, आनाकानी गर्दै जगदम्बा स्टिल

Artharajniti ~  बारामा डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेका ३ ठुला उद्योगले महसुल भुक्तान गर्दा जगदम्बा स्टिलले भने आनाकानी गरेको छ । सो उद्योगका मजदुरहरू आफ्नो रोजीरोटी खोज्न उद्योगले जानाजान विद्युत् महसुल विवादलाई बल्झाएको आरोप लगाउँछन् । डेडिकेटेड र टंकलाइन विद्युत् सुविधा उपभोग गरेका हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल, हामा आइरनले असोज […]

राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ ।  राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा  १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो । असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ । […]

कांग्रेस कार्यवाहक सभापति र महामन्त्रीबीच छलफल जारी

Artharajniti  ~  नियमित समयमै नियमित महाधिवेशनको दबाब बढिरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन्। कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र […]

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदै

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीविरुद्धको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत दाङ, बुटवल इजलासमा हुँदैछ। न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले मुद्दा हेर्नेछ। यसअघि दुवैको मुद्दा एउटै प्रकृतिको ठहर गर्दै संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिइएको थियो। लामिछानेले बिगोअनुसार रकम […]

“गृहमन्त्री हटाउने विषयका समाचार असत्य र भ्रमपूर्ण” : प्रधानमन्त्री सचिवालय

Artharajniti  ~  प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । प्रधानमन्त्रीको  स्वकीय सचिवालयले हालै विभिन्न सञ्चार माध्यममा आएका “काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको दबाबमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाइँदैछ” भन्ने समाचारहरू असत्य र भ्रमपूर्ण भएको स्पष्ट गरेको हो । विज्ञप्तिमा गृहमन्त्रीको नियुक्ति वा हटाउने अधिकार केवल प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र […]

सरकार र जेनजीसँग एमालेले भन्यो -” संसद् पुनर्स्थापना गरौं “

Artharajniti ~  नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापना गरेर अगाडि जान सकिने बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार बसेको सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीचको छलफलमा एमालेले संसद पुर्नस्थापना गरेर जेनजीको माग सम्बोधन गरेर पनि जान सकिने बताएको हो । छलफलमा एमालेबाट नेता महेश बर्तौला र छितिज थेबे सहभागी थिए । उनीहरूले संसद् पुर्नस्थापनाको […]