उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Artharajniti  ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपाल टेलिकममा प्रबन्ध निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा दायर गरिएकाहरुमा उद्योग सचिव मधुकुमार मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल, राष्ट्रिय सूचना […]

सुन प्रकरणमा फेरि संसद अवरोध गर्ने तयारीमा एमाले

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग छलफल थालेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठक एमालेले अवरोध गर्ने तयारी गरेपछि प्रचण्डले एमालेसँग छलफल थालेका हुन्। छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीले बोलाएपछि छलफलका लागि बालुवाटार गएको […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

artharajniti  ~  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य […]

” यो सरकार रहनु देशका लागि दुर्भाग्य ” :-अध्यक्ष ओली

Artharajniti  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । तर कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उनले बताए । शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार नचलेको बताए । सरकार अपराधीको संरक्षकको रुपमा देखिएको भन्दै उनले भने, ‘यो सरकार […]

सभापति रवि लामिछाने :–” हामीबाहेकको सहमतीय सरकार बनाउनुस् “

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना सबै दलको संयुक्त सरकार बनाउन ती दललाई सुझाव दिएका छन् । देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्षका लागि पुराना दल एकैठाउँमा उभिन सुझाव दिएका छन् । ‘हामी बाहेकको  सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं,’ उनले सामाजिक सन्जालमा […]

कार्यवाहक प्रधानमन्त्री खड्का :- “अर्थतन्त्र चलायमान बनाउन सरकारले काम गरिरहेको छ “

Artharajniti   ~  कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान बनाउन सरकारले काम गरिरहेको दाबी गरेका छन्। उनले आर्थिसक गतिविधि बढाउन विभिन्न कार्यक्रम गरिरहेको बताए। तर अर्थतन्त्र चलायमान बनाउन सरकारले सञ्चालन गरेका कार्यक्रम के हुन् भन्ने चाहिं उनले प्रष्ट पारेनन्। कार्यवाहक प्रधानमन्त्री खड्काले बिहिबार सुर्खेतको गुर्भाकोट नगरपालिका–९ पुगेर भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना […]

पर्यटन दिवसका दिन लुम्बिनीमा पर्यटकलाई स्वागत

Artharajniti  ~  विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा आज लुम्बिनीमा  पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेको लुम्बिनी विकास काेषले जनाएको  छ। पर्यटकलाई स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै भ्रमणका लागि आह्वान गरे। […]

सुन प्रकरणमा आजदेखि थुनछेक बहस

Artharajniti  ~  ६० किलो ७१६ ग्राम सुन तस्करी गरेको प्रकरणमा आजदेखि थुनछेक बहस सुरू भएको छ। बुधबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा थुनछेक बहस सुरू भएको हो। पहिलो दिनमा सरकारी वकिल कार्यालय काठमाडौंका तीन जना वकिलले बहस गर्नेछन्। उनीहरूले आजै बहस सक्ने तयारी गरेका छन्। त्यस्तै शुक्रबारदेखि भने प्रतिवादीका वकिलले बहस गर्नेछन्। कतिजनाले […]

एमाले :- ” सरकारकै कारण अर्थतन्त्र र शेयरबजार संकटमा “

Artharajniti   ~  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारका कारण मुलुकको अर्थतन्त्र शिथिल भएको आरोप लगाएको छ । एमालेनिकट उद्योगी व्यवसायीको संगठन नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मंगलबार एमाले नेताहरुले उद्योग, व्यवसाय र सेयर बजारमा समस्या देखिनुको प्रमुख कारण नै सरकार भएको आरोप लगाएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले सरकारको अकर्मण्यताका कारण […]

” चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ ” : मन्त्री बस्नेत

Artharajniti  ~  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, “दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा […]