सङ्कल्प यात्राबारे दस्ताबेज सार्वजनिक गर्ने एमालेको तयारी

Artharajniti  ~  मध्य पहाडका जिल्लामा मङ्सिर १४ देखि पुस १ सम्म नेकपा एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष निकालेको छ । सङ्कल्प यात्राबारे बुधवार अनौपचारिक रूपमा बसेको सचिवालय बैठकमा गरिएको विश्लेषणमा यात्रा भव्य रूपमा सफल भएको निष्कर्ष आएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । ‘सङ्कल्प यात्रा अत्यन्त सफल भयो, व्यापक […]

सर्वोच्चका नवनियुक्त ६ न्यायाधीशको शपथग्रहण आज

Artharajniti  ~  सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको आज शपथग्रहण हुने भएको छ । उनीहरुलाई दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउन लागेका हुन । हिजो मात्रै राष्ट्रपति पौडेलले उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेका थिए । संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक […]

प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रचण्ड मन्त्रीहरूको कामका आधारमा सत्तारूढ दलका साथै सर्वसाधारणबाट समेत आलोचना हुन थालेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन् । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुग्दै […]

क्रिप्टोकरेन्सीको अवैध कारोबार नियन्त्रणको नेतृत्व राष्ट्र बैंकले लिन अख्तियारको सुझाब

Artharajniti  ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रिप्टोकरेन्सीको अवैध कारोबार नियन्त्रणको लागि नेपाल राष्ट्र बैंकले नेतृत्व लिनुपर्ने बताएको छ।आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल राष्ट्र बैंकले हुण्डी, क्रिप्टोकरेन्सी लगायतका अवैध कारोबार नियन्त्रणको लागि नेतृत्व लिनु पर्ने बताएको हो। साथै विप्रेषणको आप्रवाह बैंकिङ प्रणालीमार्फत हुने व्यवस्थाका लागि आवश्यक कार्य गर्ने, राष्ट्रिय परिचयपत्रलाई विभिन्न बैंक […]

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, उद्घाटन गर्दै सभापति देउवा

Artharajniti  ~  नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारी समेत उपस्थित हुने सभापति शर्माले बताए । सम्मेलनको […]

सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारीकै मिलेमतो

Artharajniti  ~  तस्करी गरेर ल्याएको सुन राख्न नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग हुने गरेको पाइएको छ । उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा साँचो क्यानका कर्मचारी र अर्को सुन बोक्ने भरियाले लिने गरेको भेटिएको हो । उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध रूपमा ल्याएको सुन सीटीभीटी, प्रहरी […]

भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने पूर्व सम्झौतालाई मूर्त रूप दिने तयारी

Artharajniti ~  भारतीय विदेशमन्त्री एस जयशंंकरको नेपाल भ्रमण नजिकिएसँगै नेपाली पक्ष विद्युत् व्यापार सम्झौताको तयारीमा जुटेको छ । यही वर्षको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएको थियो । प्रधानमन्त्री स्तरीय भ्रमणका क्रममा हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले एकस्वरमा यो विषयको घोषणा गरेका […]

एनसेलबारे प्रधानमन्त्री : ” कानुन विपरीत रहेछ भने हदैसम्मको कारबाही गर्छौँ “

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका छन् । समितिले सरकारमाथि उठेका प्रश्नहरूबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाएको हो । बैठकमा एनसेल खरिद विक्री प्रकरण, सरकारले दिने सुशासनको अवस्था र सङ्घीय निजामती ऐन लगायत समसामयिक विषयमा छलफल भएको छ । एनसेल प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहालले भने– “म कोप सम्मेलनका […]

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह दशरथ रङ्गशालामा

Artharajniti  ~  त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहेका छन् । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले अवलोकन गर्दैछ। धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो। सोहीका […]

प्रधानमन्त्री दाहाल : ” आफ्ना कुरा भन्ने अरूका कुरा नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ “

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा सहभागी रहे। यो कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसँगै छिमेकी महानगर, काठमाडौंका मेयर बालेन शाह पनि सहभागी थिए। प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले कुरा राखेका थिए। मेयर शाहले संघीय सरकारबाट कुनै कुनै कुरामा चाहेकोजस्तो सहयोग नमिलेको गुनासो गरेका थिए। प्रधानमन्त्रीले चाहने […]