” लक्ष्यअनुसार राजश्व उठ्न सकेन ” : अर्थमन्त्री महत

Artharajniti  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् । आज अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए । उनले राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको बताए । उनले राजश्व संरचनामा परिवर्तनका कारण […]

पूर्वन्यायाधीशसँग प्रधानमन्त्री : ” संविधानको पालना हाम्रो दायित्व हो “

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो […]

मेयर बालेन शाहद्वारा मतदान बहिष्कार

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन् । ‘कार्यव्यवस्ताका कारण उहाँ मतदान गर्न जानहुँदैन,’ भूपदेवले भने । २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा […]

राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी, परिणाम पनि आजै आउने

Artharajniti   ~  राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ […]

बैंकप्रति कांग्रेस नेता कोइरालाको आक्रोश

Artharajniti  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरुमाथि ऋण प्रवाहमा विभेदकारी नीति लिएको आरोप लगाएका छन्। उनले मंगलबार कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले विराटनगरमा गरेको कार्यक्रममा बैंकले किसानलाई जति धाउँदा पनि ऋण दिन नमानेको तर व्यापारीलाई भने बोलाइबोलाइ दिने गरेको बताए। ‘बैंकहरुमा तरलता बढेको छ भनिन्छ। तर ऋण लिन जाँदा किसानले पाउँदैनन्,’ उनले भने, ‘सरकारले […]

” बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता गर्छौँ ” : दुर्गा प्रसाईँ

Artharajniti  ~  राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँले फागुन १ गतेबाट अहिलेको राज्य व्यवस्थाविरुद्ध नयाँ अभियान सुरुवात हुने घोषणा गरेका छन् । आज बुटवलमा आयोजना गरिएको ‘अञ्चलस्तरीय‘ कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईँ अहिलेको व्यवस्थाले जनताको हितमा काम नगर्ने भन्दै व्यवस्था परिवर्तन भएको बखत जनताको बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता […]

कांग्रेसले सुरु गरेको सहकारीमा एमालेको कब्जाले बेहाल : सभापति देउवा

Artharajniti  ~   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताका लागि संसारभर मारामार भएको बताएका छन्। ‘सत्ता सबैलाई आवश्यक छ, संसारभरि नै सत्ताका लागि मारामार छ,’ कांग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘चुनाव हुन्छ। चुनाव लड्नुपर्छ, सबैभन्दा ठूलो जनता हो। जनतामा जानुपर्छ।’ देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने बताए। ‘गठबन्धन गर्नुपर्ने हुन्छ। […]

१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

Artharajniti  ~  सरकारले माघ १२ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले विकास ऋणपत्र मार्फत उक्त ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गरिने जनाएको छ । ५ वर्षे विकास ऋणपत्रका लागि इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, […]

मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार जिल्ला–जिल्लामा

Artharajniti   ~  यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारहरु मत माग्नका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेका छन् । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने गठबन्धनका उम्मेदवारहरु बागलुङका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया तथा भेटघाट गर्नका लागि बागलुङ आइपुगेका छन् ।  सत्ता पक्षीय पाँचदलीय गठबन्धनका तर्फबाट गण्डकी प्रदेशबाट उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर […]

” जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ ” : उपप्रधानमन्त्री श्रेष्ठ

Artharajniti  ~   उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ ।महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा […]