” भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछ ” : राष्ट्रपति पौडेल

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन् । उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन […]

अफताब आलमसहितको मुद्दामा आजदेखि सुनुवाइ हुने

Artharajniti  ~  लामो अन्योलपछि रौतहट जिल्ला अदालतले आजबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दामा पेसी तोकेको छ । माघ २८ गते आइतबारबाट निरन्तर सुनुवाइ हुने गरी रौतहट जिल्ला अदालतले आलम लगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको […]

अख्तियार प्रमुख : – ” वित्तीय सुशासन निकै कमजोर भयो “

Artharajniti  ~   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा वित्तीय सुशासन निकै कमजोर भएको बताएको छ। अख्तियारले आइतबार आफ्नो ३३औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत विशिष्ट पदाधिकारीहरुलाई बोलाएर जथाभावी बजेट विनियोजन र खर्चले वित्तीय सुशासन कमजोर भएको बताएको हो। प्रमुख आयुक्त प्रेमकुमार राईले न्यूनतम मापदण्ड नपुगेका आयोजनामा जभाभावी स्रोत सुनिश्चितताले तीनै तहका सरकारमा असीमित बजेटरी दायित्व […]

” राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी छोड्दैन ” : प्रवक्ता सापकोटा

Artharajniti  ~  फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोड्ने सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । यस विषयमा शुक्रवार दिउँसो बस्ने स्थायी समिति बैठकमा पनि छलफल हुने उनले जानकारी दिए । फागुनको पहिलो हप्ता प्रज्ञा भवनमा हुने विधान अधिवेशनका एजेन्डा तय गर्न माओवादीले दिउँसो ३ बजे स्थायी समिति बैठक […]

तीन दिनसम्म विविध कार्यक्रम गरी ” राष्ट्रिय प्रजातन्त्र दिवस ” मनाइने

Artharajniti  ~   सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको  छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष […]

इतिहासकै चुनौतिपूर्ण मोडमा बैंकिङ क्षेत्र

Artharajniti   ~  अहिले बैंकिङ क्षेत्र खराब ऋणको दबाबमा छ। अर्थतन्त्रमा सुधार हुनेभन्दा पनि चुनौती बढ्ने क्रम जारी छ। अहिले ३.६१ प्रतिशत रहेको खराब ऋण पोहोर आधा मात्र थियो। अर्थतन्त्र जर्जर भइरहँदा यो खराब ऋण अर्को वर्ष कति पुग्ने हो यकिन छैन। नियामकले दिएको सुविधाका कारण खराब ऋण सीमाभित्र बाँधिएको छ। अर्कोतर्फ बैंकहरु नयाँ ऋण विस्तारतर्फ […]

बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी रिहा

Artharajniti  ~  बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य २ जनालाई पनि रिहा गरेको हो । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा […]

” योभन्दा नालायक र गतिहीन सरकार इतिहासमै थिएन ” : गोकुल बास्कोटा

Artharajniti   ~  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार इतिहासकै नालायक गितिहीन सरकार रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बास्कोटाले प्रधानमन्त्रीले रामराज्य आइसक्यो भन्ने गरेको तर सरकार इतिहासकै गतिहीन र नालायक रहेको टिप्पणी गरेका हुन्। बास्कोटाले आफूले नगरकोटको बाटो बनाइदिन भौतिकमन्त्रीसँग ४ पटक अनुरोध गरेको तर कुनै सुनुवाइ नभएको […]

” सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाही गर्नुपर्छ ” : गगन थापा

Artharajniti  ~  नेपाली कांग्रेसका सांसद गगन थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। ‘जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्। राजनीतिक शक्ति होस् कि […]

सहरी विकासमन्त्री : ” निर्माण पूरा नभएसम्म धरहरामा कुनै हालतमा पार्किङ गराउन दिंदैनौं “

Artharajniti  ~   धरहरामा पार्किङ सुरु गरेको विषयलाई लिएर काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच विवाद चुलिएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले माघ १४ देखि धरहरामा पार्किङ सुरु गराएकामा मन्त्रालयले निर्माण नै नसकिएको भनेर रोक लगाउन पत्र लेखेपछि दुई निकायबीच विवाद चुलिएको हो। मन्त्रालयको पत्रको जवाफमा बालेनले सार्वजनिकरुपमै २ वर्ष ९ महिना २० दिन अगाडि […]