संस्थापनको एकता आह्वान देउवा समूहद्वारा अस्वीकार

Artharajniti  ~  नेपाली कांग्रेसको संस्थापन पक्षले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टी एकताका लागि आह्वान गरेको छ। निर्वाचन आयोगले मङ्गलबार १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गरेको जानकारी बुधबार बाहिरिएपछि शीर्ष नेताहरूले देउवा समूहका नेताहरूलाई एकताको आह्वान गरेका हुन्। तथापि सभापति थापाबाट भने यस्तो औपचारिक आह्वान भएको छैन। सामाजिक सञ्जालमार्फत वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, […]

नेपाल प्रहरीका ६० जना एसपीको एकैपटक सरुवा

Atharajniti  ~   काठमाडौँ । प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ । आईजीपी डा. मनोज केसीले एसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् । सरुवा सूचि अनुसार बारामा कुमार विक्रम थापालाई पठाइएको छ । मोरङमा दिलीप कुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेश राज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरन्जन दत्त भट्ट […]

नागढुङ्गा सुरुङमार्गका लागि कुमारी बैंकले सुरु गर्‍यो ई–ट्याग सेवा

Atharajniti  ~  कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि विद्युतीय टोल भुक्तानी प्रणाली (ई–ट्याग) को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याएको हो । ई–ट्याग प्रयोग गरेपछि सवारीधनीले टोल बुथमा नरोकिई स्वचालित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन् । […]

भैरहवा हुँदै भारतीय हवाई रूटको सहमति

Artharajniti   ~  नेपालको वर्षौदेखिको मागअनुसार भारतले काठमाडौं–भैरहवा–लखनउ हवाई रूटलाई दुईतर्फी बनाउन सहमति जनाएको छ। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले विशेषत हवाई उड्डयन तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। तर, भारतसँग नेपालले मागेको हवाई रूट यही मात्रै हो त? हिजो भएको सहमति कार्यान्वयन गर्न प्राविधिक परामर्शमा कस्ता अडचन आउन सक्छन्? यो रूट […]

अयोध्याबाट आएको रेललाई जनकपुरमा भव्य स्वागत

Artharajniti  ~  भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू- कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरे । तीर्थयात्रीहरूलाई स्वागतमा बसेकाहरूले फूलमाला लगाइदिएका थिए । राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र […]

” अब वामपन्थी शक्ति एक हुनुपर्‍यो ” : प्रचण्ड

Atharajniti  ~   नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अग्रगामी दिशामा लैजान वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्। नेकपाको काठमाडौँमा आयोजित कार्यक्रममा उनले कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुको विकल्प नरहेकामा जोड दिए। विगतदेखि नै आफू वामपन्थी शक्तिलाई एकताबद्ध बनाउने प्रयासमा लागिरहेको बताउँदै संयोजक दाहालले यसअघिका त्रुटि सच्याएर अघि बढ्न सबैले प्रण गर्नुपर्ने उल्लेख […]

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्री :”निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्”

Artharajniti  ~  प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा उनले यस्तो आह्वान गरेका हुन्। भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त रूपमा सम्बोधन गर्दै […]

बालेनले दिए मोदीलाई रुद्राक्षको माला र पशुपतिको चन्दन

Artharajniti  ~  दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन प्रसादस्वरुप उपहार प्रदान गरेका छन् । सोमबार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विशेष बाकसमा रुद्राक्षको माला उपहार दिएका हुन् । साथै, पशुपतिनाथको मन्दिरबाट लगिएको चन्दन पनि बाकसमा राखेर हस्तान्तरण गरेका छन् । त्यसक्रममा मोदीले बालेनलाई विशेष घडामा […]

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

artharajniti  ~  सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ६ र ७ गते हुने प्रधानमन्त्रीको भारत भ्रमणलाई स्वीकृति दिँदै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको उद्धार […]

स्थानीय तह निर्वाचनबारे छलफल गर्न प्रमुख दलका नेताहरू आयोगमा

ARTHARAJNITI ~  स्थानीय तह निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्। छलफलमा सहभागी हुन सत्तारूढ रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत निर्वाचन आयोग पुगेका हुन्। निर्वाचन आयोगमा हुने छलफलमा स्थानीय तह निर्वाचनसँग सम्बन्धित विषयमा […]