पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए अधिकारी

Artharajniti   ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् । २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी आजबाट औपचारिक रूपमा बिदा भएका हुन् । कार्यकक्षबाट बिदा भएसँगै अधिकारी राष्ट्र बैंककै प्राङ्गणमा पत्रकार सम्मेलन गरेका छन् । उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि […]

सुन चाँदीको मूल्यमा भारी गिरावट

Artharajniti ~  नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ। बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला सुन १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार […]

गभर्नर नियुक्तिमा राजनीतिकभन्दा व्यावसायिक समूह सक्रिय

Artharajniti  ~  राष्ट्र बैंकको गभर्नर चासोको विषय बनेको छ । सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसबीच सहमति नजुटेका कारणले पनि अबको गभर्नर को हुन्छ भन्ने चासो बढेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आ–आफ्नो चासो देखाइरहेका छन् । उनीहरूको चासोसँगै विभिन्न व्यापारिक समूहले पनि चासो राखेका छन् । व्यापारिक समूहको […]

अमेरिकामा आयात हुने कार तथा पाटपूर्जामा २५ प्रतिशत करको घोषणा

Artharajniti  ~  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने कार तथा पाटपूर्जामा २५ प्रतिशत भन्सार शुल्क घोषणा गरेका छन् । यो आयातकर घोषणाले विश्वैक व्यापार युद्ध बढ्ने खतरा बढेको हो । ट्रम्पले घोषणा गरेको नयाँ ट्यारिफ २ अप्रिलबाट लागू हुने अधिकारीहरुले जनाएका छन् । जसको अघिल्लो दिन सवारी आयात गर्ने व्यवसायीले चर्को आयातकरको सामना गर्नु […]

सेयर बजार : अन्तिम समयमा हुनसक्ने चलखेल आजदेखि अन्त्य

Artharajniti  ~  अन्तिम मिनेटमा सेयर बजारमा हुने चलखेल रोक्ने प्रणाली आजबाट लागु भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था सुरु गरेको हो । यस अनुसार अब प्रत्येक दिन दिनको २ः४५ देखि ३ः०० बजेसम्म कायम भएको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने […]

ग्लोबल बैंकद्वारा पुराना नेपाली जीवनशैली झल्काउने क्यालेन्डर सार्वजनिक

Artharajniti  ~   ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरे। क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत […]

सुनको मूल्य हालसम्मकै उच्च, फेरि नयाँ रेकर्ड कायम

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो मंगलबार कायम गरेको उच्च मूल्यको रेकर्डलाई तोड्दै सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हो । आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च हो […]

एक महिनामा बैंकहरुको निक्षेप विस्तार ४० अर्ब, कर्जा पौने २३ अर्ब

Artharajniti  ~  एक महिनामा बैंकहरुको निक्षेप ४० अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार २० वटा वाणिज्य बैंकले फागुन महिनाको अवधिमा ३९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप थपेका हुन् । यही अवधिमा बैंकहरुको कर्जा लगानी २२ अर्ब ७४ करोड रुपैयाँले विस्तार भएको संघको तथ्यांक छ । यो अवधिमा १५ वाणिज्य बैंकले निक्षेप बढाउँदा […]

अवकाश जानुअघि १० दिन लामो बिदा बस्दै गभर्नर अधिकारी

Artharajniti  ~   अवकाशको १८ दिनअघि गभर्नर महाप्रसाद अधिकारी लामो बिदामा बस्ने भएका छन्। सोमबार ‘ग्लोबल मनि विक’ को औपचारिक कार्यक्रम उद्घाटन गरेलगत्तै उनी मंगलबारबाट बिदा बस्न लागेका हुन्। उनी १० दिन बिदामा बस्ने छन्। उनी चैत २२ गते अनिवार्य अवकाशमा जाने छन्। अवकाशअघि अर्थात  चैत १५ गते उनी कार्यालय उपस्थित हुने छन्।१० दिनको बिदा र […]

थप ४० अर्ब खिच्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि यति परिमाण बराबर खिच्न  लागेको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ । तर , सोही अनुसार कर्जा माग नहुँदा […]