२०८१/ ८२ को सात महिना : वाणिज्य बैंकहरूको कर्जा वृद्धि ५.६२ प्रतिशत
चालु आर्थिक वर्ष २०८१/ ८२ को सात महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूले ५.६२ प्रतिशतले कर्जा वृद्धि गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा कर्जा वृद्धि गरेका हुन् । २० वाणिज्य बैंकहरूको सात महिनाको निक्षेप ४.२१ प्रतिशत वृद्धि हुँदा कर्जा लगानी ५.६२ प्रतिशतले बढेको छ । […]