काठमाडौं महानगरपालिका : ३० दिनभित्र सबै विवरण अद्यावधिक गर

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ। प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा, ३ महिनाभित्र लेखा परीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने भए पनि सहकारीहरूले अटेर गरेको भन्दै महानगरले पहिलोपटक सूचना प्रकाशित गरेको हो। ‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा […]

असारमा खराब कर्जा थप बढ्ने प्रक्षेपण: चैतको ३.२३% बाट अझ १% बढ़ने

अर्थ राजनीति  ~  राष्ट्र बैंकले सुविधाको नाममा दिएको पुनर्तालिकीकरण र पुनर्संरचना व्यवहारिक नहुँदा चौथो त्रैमास (असार मसान्त) मा खराब कर्जा थप वृद्धि हुने देखिएको छ। अप्ठेरोमा परेकाहरुलाई उपयोगी नहुने, चैतसम्म ब्याज भुक्तानी गरिसकेकाले मात्र यो सुविधा पाउने हुँदा प्रभावकारी नदेखिएको हो। चैतसम्म नियमित कर्जा हुनेहरुले सुविधा लिन चाहेमा १० प्रतिशत भुक्तानी गर्नु पर्ने, बैंकले पनि […]

बैंक तथा वित्तिय संस्थाहरुले गरे सरकारसँग सुरक्षाको प्रत्याभूतिको माग

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संघ संस्था सम्वद्ध चार वटा संगठनले सुरक्षाको प्रत्याभूति माग सरकारसँग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शाखा संचालन तथा कर्मचारी र ग्राहकको सुरक्षाको माग गरेका हुन् । पूर्वी नेपालका इटहरी, सुनसरी झापालगायतका […]

प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । बजेट विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ ।  जसअनुसार आजको  बैठकमा भूमि व्यवस्था, सहकारी […]

सेयर बजारमा उत्साह, ६ महिनायताकै उच्च कारोबार

अर्थ राजनीति  ~  सेयर बजारमा ६ महिनायताकै उच्च कारोबार भएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त हुँदै जाँदा सेयर बजारमा उत्साह थपिएको हो, जसका कारण बजारमा ६ महिनायताकै उच्च कारोबार भएको हो ।विगतमा निकै गिरावट आएको सेयर बजार पछिल्ला केही समयदेखि पुनः वृद्धिको दिशामा अगाडि बढिरहेको छ । गत साता केही सुस्त देखिएको […]

पशुपतिनाथको जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

अर्थ राजनीति  ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको निष्कर्षमा पुगेको बताएको छ । अख्तियार स्रोतका अनुसार नाप जाँचमा खटिएको टोलीले प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको ठहर गरेको हो । यद्यपि जलहरी जोखेर त्यसको प्रतिवेदन अख्तियारमा पठाइएको छ । आइतबार , पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, […]

वैशाखसम्म बैंकको नाफा ५७ अर्ब, महिनामै साढे ८ अर्ब बढ्यो,

अर्थ राजनीति ~  वैशाखसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुले कमाएको नाफा हो। पछिल्लो एक महिनाको अन्तरालमा नाफा ८ अर्ब ४५ करोड रुपैयाँ बढेको हो। राष्ट्र बैंकका अनुसार, चैतसम्म यस्तो नाफा ४८ अर्ब ७० करोड थियो। पोहोर वैशाखभन्दा यसपाली कम नाफा कमाएका हुन्। […]

ब्याजमा सहजीकरण गरे अवस्था सुधारिने

अर्थ राजनीति  ~   बैंक तथा वित्तीय संस्थादेखि सहकारीसम्मको ऋण अहिले उठ्न सकेको छैन। ऋण नउठेपछि उनीहरु धितोमा राखेको सम्पत्ति लिलामी प्रक्रियामा जान्छन्।लिलाम गर्नुअघि सार्वजनिक सूचना जारी गरेर ऋणीलाई सूचित गरिन्छ भने धितो सम्पत्ति खरिदका लागि पनि इच्छुकलाई आह्‍वान गरिन्छ। यसरी खराब ऋण बढेको छ कि त्यसलाई व्यवस्थापन गर्न बैंकहरुले संघर्ष गरिरहेका छन्। अहिले २१ वटै […]

मर्जर र एफपीओ कर विवाद : समाधान खोज्न छलफल गर्दै बैंकहरु

अर्थ राजनीति  ~  आगामी आर्थिक वर्षको बजेटले कम्पनीहरूबीच हुने मर्जर तथा उनीहरूले जारी गर्ने फर्दर पब्लिक अफरिङ (एफपीओ) मा कर लिने व्यवस्था गरेपछि असन्तुष्ट बनेका बैंकरहरूले समाधान खोज्न छलफल सुरु गरेका छन् ।वाणिज्य बैंकका सीईओहरूको छाता संगठन नेपाल बैंकर्स संघको मंगलबार बसेको नियमित बैठकमा सरकारको कर नीतिबारे कुन हिसाबले समाधान खोज्ने भनेर छलफल गरिएको हो […]

वैंकहरुले असारमा निक्षेप ब्याजदर नघटाउने

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थामा तरलता सहज भएता  पनि हाल ब्याजदर भने स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गत वैशाखदेखि कायम ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिने निर्णय गरेको हो । ब्याजदरको चर्को विरोध भएपछि वैशाखमा संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको थियो । वैशाखदेखि व्यक्तिगत […]