राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज फेरि ४० अर्ब तरलता खिच्दै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले  आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले बजारमा अधिक तरलता भएको र त्यसलाई व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेको जनाएको छ । बैंकका अनुसार आज उक्त २२ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले छ । राष्ट्र बैंकले गत […]

” जलविद्युत् कम्पनीको आईपीओ निष्कासन रोक्नु दुखद ” : कार्यकारी निर्देशक घिसिङ

Artharajniti   ~  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् आयोजनाको आईपीओ रोकिनु दुखद भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत् आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै घिसिङले  सर्वसाधरणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको बताएका छन् । हाल नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका […]

२०८१/ ८२ को सात महिना : वाणिज्य बैंकहरूको कर्जा वृद्धि ५.६२ प्रतिशत

चालु आर्थिक वर्ष २०८१/ ८२ को सात महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूले ५.६२ प्रतिशतले कर्जा वृद्धि गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा कर्जा वृद्धि गरेका हुन् । २० वाणिज्य बैंकहरूको सात महिनाको निक्षेप ४.२१ प्रतिशत वृद्धि हुँदा कर्जा लगानी ५.६२ प्रतिशतले बढेको छ । […]

घट्यो सुनचाँदीको मूल्य

Artharajniti  ~   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाली बजारमा  सुनको आज मूल्यमा उच्च अंकको गिरावट आएको छ ।  नेपाल […]

“अर्थतन्त्रमा क्रमिक सुधार भएको छ ” अर्थमन्त्री पौडेल

Artharajniti   ~  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय भवनको  पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताउनुुभयो ।देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्नेगरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको उहाँले […]

तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको भाउ

Artharajniti ~   नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६७ […]

रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  सम्पन्न उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन आग्रह गरेका […]

बैंकहरूबाट ६० अर्ब तान्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले बुधबार बैंकहरूबाट ६० अर्ब रूपैयाँ खिच्न लागेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेर उब्रिएको रकम राष्ट्र बैंकमा राख्छन्। कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ। बैंकहरूले आफूसँग भएको सबै रकम कर्जा लगानी गर्न […]

नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक जनचेतना कार्यक्रम सम्पन्न

Artharajniti  ~  नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका […]

आज तोलामा १९०० रुपैयाँले बढ्यो सुनको मूल्य

Artharajniti   ~  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो । महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख […]