बन्द रहेका ७ उद्योगमध्ये ५ वटाको डीडीए रिपोर्ट तयार

Artharajniti ~ सरकारले विगत लामो समयदेखि बन्द रहेका ७ उद्योगमध्ये पाँच वटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार पारेको छ । दुई वटाको भने बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ । ‘बजेट वक्तव्यमा उल्लेख गरे बमोजिम सातवटा प्रतिष्ठानहरूको सम्पत्ति र दायित्वको मूल्यांकन डिडिए कार्य भइरहेको छ । यस मध्ये पाँच वटाको डीडीए रिपोर्ट […]

बैंकमा १२ खर्बभन्दा बढी तरलता

Artharajniti ~ बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहनुका साथै वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदा पनि मुलुकमा लगानी बढेको छैन। खासगरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्दा रोजगारी विस्तार समेत प्रभावित भइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघकाअनुसार उपलब्ध पुँजी उत्पादनमा परिचालन हुन नसक्नुका साथै, बजारमा माग कमजोर हुँदा अर्थतन्त्र […]

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

Artharajniti ~ नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार १०० र चाँदीको मूल्य २ सय २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य चार हजार ३५ कायम रहेको छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० र […]

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

Artharajniti ~ रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मैज्दात १३ […]

लगातार तेस्रो दिन पनि घट्यो सुन-चाँदीको भाउ, आज कतिमा ?

Artharajniti ~ नेपाली बजारमा आज (बुधबार) पनि सुन-चाँदीको भाउ घटेको छ। मंगलबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार […]

साइबर ठगी नियन्त्रण : प्रहरी र सेवा प्रदायक एकै ठाउँ, मंसिरदेखि काम सुरु

Artharajniti ~ वित्तीय कारोबार प्रविधिमा आधारित भएसँगै बढेको साइबर ठगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंक, प्रहरी, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा दूरसञ्चार सेवा प्रदायक एकै स्थानमा आएका छन् । दैनिक २ सयदेखि ३ सयसम्म ठगीका उजुरी आउन थालेपछि नेपाल प्रहरीको पहलमा सरोकारवाला सबैले एउटै स्थानबाट काम गर्ने संयन्त्र विकास गरेका हुन् । […]

सुन तोलामा २१ सय रुपैयाँ घट्यो

ARTHARAJNITI ~ सोमबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ घटेको छ । […]

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब रुपैयाँ उठाउँदै

Artharajniti  ~  काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ७० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत २ महिनाका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। शुक्रबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज मंसिर २३ गते भुक्तानी गर्नेछ। […]

माछापुच्छ्रे बैंकले डिजिटल सेवा र जोखिम व्यवस्थापनमा उत्कृष्टताका लागि पायो अवार्ड

Artharajniti  ~   काठमाडौं। माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन र जोखिम व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै दुई अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टोमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको हो। बैंकले ग्राहकको खाता खोल्ने प्रक्रिया लगायत बैंकिङ सेवासँग जोडिने प्रक्रिया सहज बनाउन ‘रिइन्भेन्टिङ कस्टोमर अनबोर्डिङ’ योजना सञ्चालन गरेको […]

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच भेटवार्ता

Artharajniti   ~  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको हो । भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा […]