भारतको राजधानी दिल्ली डुबानमा

अर्थ राजनीति  ~   भारतको राजधानी नयाँ दिल्लीका धेरै क्षेत्र अहिले डुबानमा छन्। भारी वर्षाका कारण दिल्लीसहित अन्य राज्यमा समेत डुबानको समस्या देखिएको हो। बिहीबार यमुना नदीको जलस्तर २०८.६ मिटर पुगेको थियो। यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २०७.४९ सम्म पुगेको थियो। अहिले दिल्लीको तल्लो क्षेत्रमा बाढीले डुबान भएको छ। नदीको जलस्तर थप बढ्न सक्ने बताइएको […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

अर्थ राजनीति  ~  सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ  । बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । हिजो राष्ट्रियसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो । त्यसैगरी बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत […]

आज २१० औँ भानु जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

अर्थ राजनीति  ~  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ। पृथ्वीनारायण […]

प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित

अर्थ राजनीति  ~  पत्नी शोकमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ । बुधबार पत्नी सीताको निधन भएपछि शोकमा पर्नुभएका प्रधानमन्त्री दाहालले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी दिँदै समवेदना प्रकट […]

” स्वास्थ्यमन्त्री बस्नेतले राजीनामा दिनुपर्छ ” : राष्ट्रिय चिकित्सक संघ

अर्थ राजनीति  ~  राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । स्वास्थ्यमन्त्री बस्तेनले दिएको विवादास्पद अभिव्यक्तिको राष्ट्रिय चिकित्सक संघले आपत्ति प्रकट गरेको हो । स्वास्थ्य मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले ‘खटाएको स्थानमा नजाने कर्मचारीले आत्महत्या गर्छु भन्दा आफूले डोरी दिएर झुण्डिन पठाउनु’ भन्ने अभिव्यक्ति दिएका थिए । […]

नयाँ दल दर्ता गर्न पाँच सय मतदाताको सनाखत अनिवार्य

अर्थ राजनीति  ~  राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल […]

मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली, प्रधानमन्त्री प्रचण्डप्रति समवेदना

अर्थ राजनीति  ~  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्। उनले बुधबार ट्विट गर्दै सीताको निधनको खबरले मर्माहत भएको बताएका छन्। उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गरेका छन्।  ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई […]

कांग्रेस केन्द्रीय समिति बैठक आजबाट

अर्थ राजनीति  ~  नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । अघिल्लो बैठकको ठिक एक वर्षपछि आज बैठक बस्न लागेको हो । विधानअनुसार कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने हो । तर, कहिले सत्ता राजनीति मिलाउन त कहिले पार्टी नेता बालकृष्ण खाँण भ्रष्टचार मुद्दामा फसेपछि मिति तोकेर पनि बैठक सर्दै आएको छ […]

१२औँ पटक मन्त्रिपरिषद् हेरफेरको तयारी

अर्थ राजनीति   ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२औँ पटक मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन् । मन्त्रिपरिषद् हेरफेरको पूर्वसन्ध्यामा जनमत पार्टीले प्रमुख सचेतक अनिता देवीको नाम मन्त्रीका लागि प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो । तर, उनको विभाग टुंगिन बाँकी छ ।१६ असारमा प्रधानमन्त्री प्रचण्डले जनमतका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्दै मन्त्रीको नाम मागेका थिए । प्रधानमन्त्री […]

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार (आज) बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीता दाहालको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहानै अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् […]