रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन पेसीमा तोकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेसी चढेको हो । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए […]

राष्ट्रियसभाः राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग

Artharajniti  ~  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् । सिँचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरुले गुनासो गरे । बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गरे […]

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न : सहकारी ठगी कहिलेसम्म सहने ?

Artharajniti  ~  राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताले सहकारी क्षेत्रमा गरेका ठगीले लाखौँ नेपालीको पसिनाको कमाइ जोखिममा पारेको आरोप लगाएका छन् ।  शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले बचतकर्ताको बिचल्ली र सुकुम्वासी बन्ने अवस्था आउँदासमेत दोषीहरूले उन्मुक्ति पाइरहेको बताउँदै शाहीले कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले कारागार हाल्ने भन्दै गृहमन्त्री रमेश […]

रामहरि खतिवडालाई राजीनामा दिन कांग्रेसले निर्देशन दिने

Artharajniti  ~  नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानविन समितिले खतिवडा जिम्मेवारी रहेको प्रतिवेदन पेश गरेको थियो […]

” भारतको बाढीमा १७ भन्दा बढी नेपाली पर्नु दुःखद ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठुलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सो बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबरले थप दुःखी बनाएको उल्लेख गरेका छन् । उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको भन्दै ओलीले बाढी पहिरोमा […]

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण

Artharajniti  ~  भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्नेछन् […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Artharajniti  ~  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार […]

समसामयिक विषयमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी सचिवालयको मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठक यही शुक्रबार दिउँसो १ बजे बस्ने तय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, रूपन्देहीको उपनिर्वाचन तयारी, उम्मेदवारका आकांक्षीहरूबारे छलफल गर्नेछ। रुपन्देही–३ को उपनिर्वाचनका लागि रास्वपाले बुधबारसम्म […]

दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु

Artharajniti  ~ मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ । गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमान्डर प्रसाईँलाई राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशको विरुद्धमा उच्च अदालत पुगेका थिए । उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा बिहीबार सुनुवाइ […]

” ओलीले देशलाई पीडा दिए ” : माधव नेपाल

Artharajniti  ~  नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण देशले पीडा भोगिरहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यो सरकार सबै हिसाबले असफल छ । एउटा व्यक्ति केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दाखेरि देश […]