संसदमा सभामुखको व्यवहार पक्षपातपूर्ण , लामिछानेलाई समय दिएनन्
अर्थ राजनीति ~ सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा पक्षपातपूर्ण व्यवहार गरेका छन्। उनले सोमबार बसेको बैठकमा एमालेको अवरोधकै बीच नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई बोल्न दिए। तर एमालेको अवरोधबारे विरोध गर्न खोज्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुखबाट समय पाएनन्। बैठकमा कांग्रेस सांसद शर्माले बोलिरहँदा एमाले सांसदले उभिएर अवरोध गरे, तर नाराबाजी गरेनन्। उनले […]