रास्वपाको आग्रह– राजनीतिक नियुक्ति/ राजीनामा दिएर नयाँ सरकारलाई सहयोग गरिदिनू

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइको ताजा जनादेशसहित सरकार निर्माणको प्रक्रियामा मुलुक प्रवेश गर्न लागेको भन्दै यसअघिका सरकारबाट नियुक्ति लिएकाहरूलाई राजीनामा दिन आग्रह गरेको छ। सरकारले योग्यता, क्षमताभन्दा पनि पहुँच र राजनीतिक प्रभावका आधारमा नियुक्ति दिएको अनेकौं उदाहरण रहेको र नागरिक तहमा त्यसप्रति ठूलो असन्तुष्टि देखिएकाले त्यसको सम्बोधन आवश्यक रहेको निष्कर्ष निकालेको […]

कांग्रेस संकट : समानान्तर गतिविधिको तयारीमा देउवा समूह

Artharajniti ~  प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि झन्डै आठ दशक लामो राजनीतिक विरासत बोकेको लोकतान्त्रिक दल नेपाली कांग्रेस कठिन मोडमा पुगेको छ । निर्वाचनमा पार्टीले भोग्नु परेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगनकुमार थापाले नेतृत्वमा आएको ६४ दिनमै राजीनामा दिनु कांग्रेसका लागि असाधारण राजनीतिक घटना बनेको छ । ऐतिहासिक र लोकतान्त्रिक मूल्य बोकेको कांग्रेसले निर्वाचनमा […]

आज घट्यो सुनचाँदीको मूल्य

Artharajniti  ~  आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १२ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३३५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ९४ हजार […]

ट्रम्पको ४८ घण्टे धम्कीपछि इरानले पनि दियो चेतावनी

Artharajniti  ~   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार यदि इरानको इन्धन र ऊर्जा केन्द्रहरूमा हमला भयो भने, त्यहाँको सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने बताएको छ।  इरानको यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ ‘अल्टिमेटम’पछि आएको हो। ट्रम्पले यस अघि यदि इरानले ४८ […]

१८ सदस्यीय मन्त्रिमण्डल बनाउने रास्वपाको तयारी

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ मन्त्रिमण्डल गठनको तयारी सुरु गरेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिमण्डल गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार यसक्रममा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने […]

महावीर पुनले मागे नवप्रवर्तन मन्त्रालय गठन

Artharajniti  ~ पूर्वशिक्षा मन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका छन्। बिहीबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र उनीहरूलाई उद्यमी बनाउन शक्तिशाली नवप्रवर्तन मन्त्रालय चाहिने बताएका हुन्। ‘प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर, उनीहरूलाई उद्यमी बनाई नेपालको अर्थतन्त्रको विकास गर्न एकदमै […]

राष्ट्रपति पौडेलसमक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

Artharajniti ~  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, […]

चैत १३ गते बालेनको शपथ हुने, मन्त्रिपरिषदको गृहकार्य

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको तयारी तीव्र पारेको छ। पार्टीले सकेसम्म सानो आकारको मन्त्रिपरिषद बनाउने लक्ष्यसहित करिब १८ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने गृहकार्य गरिरहेको जनाएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मन्त्रिपरिषदलाई सानो र प्रभावकारी बनाउने उद्देश्यले सदस्य संख्या १८ वा त्योभन्दा कम राख्ने विषयमा छलफल भइरहेको छ। उनले मन्त्रालयहरूको संख्या […]

गृहमन्त्री अर्यालको सिफारिसमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

Artharajniti  ~  गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि वैधानिकताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर आज अधिवक्ता मनिषकुमार श्रेष्ठले रिट दायर गरेका हुन् । रिटमा सदस्यताको योग्यताबारे नेपालको संविधानको धारा ८७ को उपधारा […]

एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो सुन

Artharajniti  ~  बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ केही सातायता घटिरहेको […]